आमाप्रति
-BhpAch
प्राणदाता उनी, सृष्टिकर्ता उनी
त्याग र आशाको पराकाष्ठा उनी
सभ्यता साथमा संस्कारको पनि
महासिन्धु तीनै करुणाको पनि ।
शब्दमा नअटाउँने ती हुन् आमा
सन्तानको खुसी खोज्ने ती हर्क्षेण
निस्वार्थ प्रेमको प्रतिमूर्ति तिनी
अर्जुन हामी हौँ कृष्ण भईन् तिनी ।
आभा यस्तो बोकी ज्योति फैलाउने
काँडाका माझमा फूल फुलाउने
रचनाको पनि रचना गर्भ ती
छैन घमण्ड र आडम्बर केही ।
ठूलो बोली सहिन् त्यो झर्काइ सहिन्
कति खत् लाग्दा ती शब्द बिर्सिदिईन्
इज्जत लाजको सन्तानले केही
मानमर्दन केही नगर्दा पनि
आशावादी भई आशिष दि'रहिन्
आँसु लुकाई त्यो हाँसो छरिरहिन् ।
टिलपिल आँखा भक्कानिएको मन्
खुल्न काँ पाउँदो हो म मात्तिएर झन्
यस्ता यी सम्झिँदा कैयौँ कुराहरू
अै'ले टाढा भयौँ, पश्चाताप् मा म छु ।
बाँच्न मिल्ने भए, फेरी बाँच्ने थिएँ
मन नदुख्ने गरी म बोल्ने थिएँ ।
जे हुनु भैगयो, अै'ले बुझ्दै छु म
आजैदेखि आमा गर्छु समर्पण
शिर ठाडो अनि नेत्र चम्किने छ
आमाको मुहार खुसीले बल्ने छ
आमाले चाहेको त्यो बेलाको छोरो
जन्मिएँ भैकन, आमाको त्यो छोरो ।
टिलपिल आँखा हुने छैनन् अब
हर्षले रसाउँने छन् है ती अब
भक्कानिएर गाँठो परेको मन
सगैँ फुकाउँला नदुखाईकन ।
अबदेखी,
प्रेम भक्ति अनि श्रद्धाले पूर्ण भै
आमा आमा जपी आमा मै लिप्त भै
दुरीले टाढीएता पनि के भो र !
मन मस्तिष्कमा आमाकै चिन्तन ।
- स्रग्विणी छन्द
0 Comments