Voice of Responsible Citizen

आवाज: जिम्मेवार नागरिकको:: 🙏🏻“समृद्ध नेपालको अबको आधार : कृषि,जलस्रोत‌ र पर्यटन”🙏🏻 “केही गर्न चाहनेले देश बनाउँन नलागौं, केवल आफू बनौँ ,देश त आफै बन्नेछ”

तालमेल - हाम्रो र उसको

तालमेल- हाम्रो र उसको

भुपेन्द्र आचार्य



 

( म भन्दछु )
म चैँ छु यता, हामी छौँ यता, तर ऊ अन्तै छ
म भन्छु एक, ऊ भन्छ अर्कै, ऊ आफ्नै धुन्‌मा छ ।
तर नि हामी, सबैमा ऊ छ, भन्दछ समाज
हामी छौँ पूर्व, पश्चिम ऊ छ, मिलेन तालमेल ॥

राज्नीति नै हो, नीतिको राजा, ऊ भन्न खोजेको
नीति राजमा, नेपाली पारा, किन हो घुसाको ? 
यता नि त्यै छ, उता नि त्यै छ, जता नि त्यही छ
तर नि किन ? किन हो किन ? मिलेन तालमेल ॥

( विद्यार्थी भन्दछन् )
जता नि थियो, ठिकै त थियो, किन हो क्याम्पसमा ?
विशुद्ध शिक्षा, बनाउन बाबा ! नल्याउन यसमा ।
सकिन्न कोर्स, हुँदैन एक्जाम, प्रायः यस्तै छ
नेता र हामी, सकेनौं मिल्न, मिलेन तालमेल ॥

नभित्र्याउ ऊलाई, शिक्षामा भन्दा, मानेनौ तिमीले
भन्देउ न हाम्ले, भाइस चान्सलर, पाउँने हो कहिले ?
शिक्षामा राम्रो, बनाउन नीति, तिम्रो हो त्यै काम
सोझ्याउन थाले, आआफ्नो दुनो, मिलेन तालमेल ॥

(जनता भन्दछन् )
थाल्यौ नि तिम्ले, राजनीति भन्दै, छल र कपट
जाल र झेल, खुट्टा नै तान्ने, फोहोरी त्यो खेल ।
नीतिको राजा, रहेछ त्यसको, शब्दको अऽर्थ
बनायौ तिम्ले, उल्टो नै अर्थ, भएन तालमेल ॥

लिदीमा भिषण, पहिरो गयो, घरबार बचेनन्
राहत बाड्दा, राजनीति भयो, पीडितले पाएनन् ।
आकाशमा उडे, हेलीकप्टर, नेताज्यूहरूका
जनता भोकै, पाल् मुनी बसे, मिलेन तालमेल ॥

कोरोनापनि, बढेको बढ्यै, आजकाल आएर
बल्ल र तल्ल, पीसीऽऽर भयो, ऽऽरडीटी भुलेर ।
भन्दछौँ हामी, सरकारलाई, परिक्षण बढाउन
सरकार भन्छ, आवश्यक छैन, मिलेन तालमेल ॥

( फेरी म नै भन्दछु )
त्यसैले हामी, आ-आफ्नो ठाउँमा, बनौँ है इमानदार
आ-आफ्नो काम, रामरी गरौँ, बनौं है जिम्मेवार ।
कायम गरौँ, सबैले दुरी, मास्क नै लगाऔँ
घरमै बसौँ, घरमै खेलौँ/पढौँ, तालमेल मिलाऔँ ॥

सर कारको, मात्र नै मुख, नताकी बसौँ है
सबै जनाले, थोरै भएनी तरकारी, खाऔँ है ।
किनेर होइन, आफ्नै बारीको, सबैले खाऔँ है
यस्तै नै गरी, आफैले बुझी, तालमेल मिलाऔँ है ॥

ऽ - अ
ऽऽ - आ

Post a Comment

1 Comments