सम्झना: स्कुले जीवनको एक दिन
त्यो समय जो मलाई सम्झना आईरहन्छ - मेरो अविस्मरणीय समय। श्री त्रिभुवन मा वि को त्यो प्राङ्गण- त्यो ठूलो चौर, दुई ठूला समीका रुख, कुनै एउटा बार, पी टी, राष्ट्रिय गान सकिए पछिको सबैजना हामी साथीभाई जम्मा भएको दृश्य, कसैका हातमा कुचो, कसैका हातमा फोहोर उठाउने भाडो, कसैका हातमा कट्ठा, कोही त्यसै उफ्री रहेका- परिवेश त्यो दिन हाम्रो सेक्सनको स्कुल प्राङ्गण सफा गर्ने पालो थियो। अनि हामी फटाफट अफिस अगाडिको फोहोर उठाउन थाल्थौँ। कामको निरिक्षण गर्ने साथिले फेरी अर्को तिर जाने निर्णय सुनाउथ्यो, अनि हामी लाइन लागेर छ, सात कक्षाको भवन पछाडि छिर्थ्यौंँ र फोहोर टिप्दै या टिपे जस्तै गरी अगाडि बढ्थ्यौँ र निस्कन्थौँ गेटमा पर्खाल नाघेर। अनि हाम्रो लाइन बढ्थ्यो अफिस भवनको पछाडि पट्टिको भाग सफा गर्न भनौं या डुल्न। देखिने फोहोर उठाएर पुनः समीको रुखमुनि आई पुग्थ्यौँ जहाँ केटी साथीहरुले अफिस अगाडी अनि समिको रुखमुनि चीरीच्याट्टै बनाइसकेका हुन्थे। अनि हामी फेरी सुरु गर्थ्यौँ उनीहरुले जम्मा गरेको फोहोर कट्टामा र भाडोमा उठाउदै लिएर फाल्न अनि फेरी त्यस क्रममा एक किसिमको आत्मियता र उत्साहा आउथ्यो मलाई। अनि फेरी हाम्रो टोली पुग्थ्यो सात आठ कक्षाको भवन तिर जुन हाम्रो थियो। त्यो पनि सफा गरिसकेपछि हामी एक दुई कक्षा पढाइ हुने र हल भएको भवन तिर जान्थ्यौ र अगाडि पट्टी फोहोर थुपारेर आगो लगाइदिन्थ्यौँ । अनि केही साथीहरु मिलेर हामी पानी ट्याङ्कीको धारामा पानी खान जान्थ्यौ डराईडराई कके गर्ने खास मजा नै त्यसमा थियो नि त। यसरी नै बिताएका ती दिनका केही पल अहिले पनि मेरो मन मस्तिष्कमा ताजा भएर हिडीरहेका हुन्छन् र ती साथीहरुलाई त कहाँ बिर्सन सक्छु होला र ? अनि त्यो स्कुल जसले हामीलाई उक्त वातावरण (अवसर र चुनाैती) दियो र हामीलाई यहाँ सम्म पुर्याउन सबैभन्दा ठूलो भूमिका खेल्ने हाम्रा प्यारा तथा आदरणीय गुरुहरू सबै मेरो मनमा बस्नुभएको छ र कहिलेकाहीँ त्यही मनमा रहेका ताजा तस्विरहरू पल्टाउदै मनलाई खुसी बनाउछु । भुपी शेरचनले भनेजस्तै
म जति टाढा भएपनि त्यो मेरो देश
सधैँ मेरो मनले
सपनामा पाइला टेकेको हुन्छ।
म जहाँ भएपनि मेरो मनमा स्कुल, आदरणीय गुरूहरु र प्यारा साथीहरु रहनुहुनेछ- सम्झनाको स्वरुपमा जुन सम्झनाले मलाई आनन्दित तुल्याउँछन्।
सबै साथीहरूमा समर्पित
0 Comments