भूपेन्द्र आचार्य
समर्पण : लोकतन्त्र र सामाजिक न्यायका निम्ति सङ्घर्षरत सबैलाई
घनचक्कर एक सामाजिक, राजनीतिक र तत्कालीन यथार्थ वरिपरि घुमेको उपन्यास हो । एक व्यक्तिको परिवेश , जीवन र वातावरणसँग देशकै समग्र वातावरणलाई र मनोदशालाई यस उपन्यासले दर्शाएको छ । देशले भोगीरहेको सामाजिक , आर्थिक, राजनीतिक परिवेशलाई उही एक व्यक्तिको विचलित मनोदशा, व्यग्र चिन्तन र चिन्तासँगै अनेकन् अस्पष्ट जालोले जेलिएको जीवन मार्फत प्रस्फुटन गर्न सञ्जीव उप्रेती विल्कुल सफल देखिएका छन् ।
लेखक आफैले भनेका छन् कि कथावाचक नै पागलपनको सिकार छ ( देश जस्तै ) र उसले नै आफ्नो परिवेशको पागलपनका कैयौं घनचक्करलाई बुझाउन प्रयत्न गरिरहेकाले पढ्दा पढ्दै पाठक नै घनचक्करमा पर्न सक्छ । हो, त्यसरी नै यो कथा भुलभुलैया जस्तो, कथावाचकको कोल्युम जस्तै तथ्य कि कल्पना ?, छुट्याउन नसकिने अवस्थामा पुगिन्छ । कथामै कथावाचक नै अल्मलमा परेको कथा पढ्दा स्वाभाविक रूपमा हामी कथावाचककै मनस्थितिमा पुग्नु अस्वभाविक भने होइन ।
कथा पढ्दै जाँदा यो उसको भ्रम होला, कल्पना होला भन्ने कुरा मनन् गर्दै गर्दा उही न्यारेटरले नै कल्पना गरेको हो कि , घटना घटित नै हुन् ? भन्ने कुरा सोच्न म बाध्य भएँ । पाठक पछिपछि न्यारेटर अघिअघि, एकदमै कौतूहलता पूर्ण र सस्पेन्स शैलीमा पठन अघि बढ्दै जान्छ ।
कथामा भएका घटना सबै यथार्थ नै हुन् कि पागलपनबाट सिकार भएको उही व्यक्तिकै मनका चित्र र मस्तिष्कका विचार हुन् ? न्यारेटरसँगै हामी पनि दोमनमा पर्छौं । न्यारेटरले अन्तिम क्षणमा उल्ट्याएका आफ्ना सत्यहरू, आफ्ना परिवेशहरू पढ्दा लाग्छ उसका केही घटना घटित भएकै हुन सक्छन् र केही उसका मगजका नतिजा हुन सक्छन् ।
कथावाचक आम सर्वसाधारण झैं जीवन बाँचीरहेको एक विश्वविद्यालयको नेपाली सांस्कृतिक अध्ययन विभागको प्राध्यापक हो । यसका साथै ऊ न्यू कान्तिपुर पोस्टमा ‘तथ्य र कल्पना’ नामको स्तम्भ साथी वरुणसँग मिलेर लेख्ने लेखक पनि हो र ऊ एक पति र पिता पनि हो । तर ऊ तत्कालिन समयमा विचलित देखिन्थ्यो र उसमाथि बाहिरी समाजले, साथीभाइले , विद्यार्थीले , सहपाठीले विभिन्न किसिमका हल्ला चलाइरहेका थिए । उसलाई लिएर पागलपनका हल्लाहरू धेरै उठेका थिए जसको ज्ञान उसलाई धेरै पछि मात्र हुन जान्छ ।
सञ्जीव उप्रेतीले नेपालको राजनीतिक परिवर्तनका क्रममा भएका घटना , परिवर्तन, निकास , विकास , विनाश, प्राप्ती र त्यागका विभिन्न तह र आयामका साथै तत्कालीन समयमा देशमा हुन सक्ने र भएका आन्तरिक तथा बाह्य षड्यन्त्र, जालोमय शक्तिशाली बाह्य शक्तिहरूलाई विभिन्न बिम्ब मार्फत प्रतिबिम्बित गरेका छन् ।
जसमा रहेका छन् :
- खोज शब्द
खोज शब्दमाथिको व्यापक खोज जसले कथाकारलाई निकै घनचक्करमा पार्नुका साथै पाठकलाई पनि यो कथावाचक मानसिक असन्तुलनमा छ भन्ने भान गराइदिन्छ । यसैको प्रसङ्गमा खोज शब्दको उद्गमस्थल खोज्न निस्केको ‘म’ पात्र माथिनै उप्रेतीले खोज शब्दको उद्गम विन्दुको पगरी गुथाइदिए । 'What a surprise?' I have said that while reading . He plotted that type of many shocking surprise which can make us dizzy . Many amazing and huh!!, ohh!!, yess!! feelings contents make this book a suitable book based on current political and social content using a far different method which gives content knowledge and yes! example of great creativity and without doubt this book absolutely is a great work of Mr. Uprety.
- दिलवरनाथ योगी
दिलावरनाथ योगीका मार्फत देशमा बुनीइरहेका बाह्य र आन्तरिक जालाहरूलाई कथावाचकले अनौठो र आकर्षक तवरले प्रस्तुत गरेको छ - लेखक ( कोल्युम लेखक ) न पर्यो । योगी मार्फत देशमा भइरहेका अराजक गतिविधि र देशका सीमा खुम्चिएका गम्भिर विषय, जसलाई रोक्न अहिलेका नेता भनाउँदाहरू सक्षम नभएको बरु उनीहरू नै त्यस्ता गतिविधिलाई प्रोत्साहन दिन तर्फ लागेको सङ्केत उसले गरेको छ ।
दिलवरनाथ सँगको भेटपछि उसको खोजका अरू पाटाहरू थपिदैँ जान्छन् :
अग्ला टावरको पतन, एउटा मोबाइल , एउटा बोरा , एउटा रेस्टुराँ, एउटा मन्त्रालय, एउटा ऐना, एउटा चुचुरो ।
उपन्यासको मुख्य पात्र जो घर गृहस्थीमा सर्वसाधारण झैँ बाहिरी जीवन त व्यतित गरिरहेको थियो तर आन्तरिक रूपमा उसको खोजको तृष्णा व्यग्र गतिले बढीरहेको थियो । उसले एकान्त खोजीरहेको थियो - खोजको खोज गर्नकालागि र खोजको खोज गर्ने तरिका खोज गर्न ऊ सफल पनि देखियो र माथि उल्लेखित सम्पूर्ण कुराको खोजमै ऊ लागिरहेको थियो ।
- फ्रेन्ज राइनर :
र कथावाचकको खोजको खोज गर्ने क्रमको एक गज्जबको र प्रभावशाली सोपानका रूपमा लिन सकिन्छ : जर्मन टुरिस्ट तथा शक्तिका रेखाहरूको रिसर्चर - फ्रेन्ज राइनर l शक्त्तिका स्वरूपको नापतौल , शक्तिका समस्त रेखा तथा प्रवाहलाई जाँच्ने पित्तले छडी ।
राइनरमार्फत उसले देश र विदेशमा सलबलाइरहने अराजक शक्तिहरू , आतङ्ककारीहरू, नकरात्मक शक्तिका केन्द्र, आध्यात्मिक शक्तिका केन्द्र लगायतका कुराहरू बारे केही खोज गर्यो ।
उपत्यकामा मापन नै गर्न नसकिने असिमित शक्तिका स्रोत छन् जसबाट उपत्यकामा निकट भविष्यमा निकै खतरा हुने सङ्केत उसले पायो । दरबार मार्ग, रत्नपार्क, बागबजार र सुन्धारा - उसको खोजको नयाँ खुड्किला बन्न पुग्छन् ।
दिलवरनाथ र राइनरबाट प्राप्त कुराहरूले उसले आफ्नो मनोवैज्ञानिक/मानसिक अवस्था र देशको अवस्था उस्तै मान्न थालेको थियो ठम्याउन नसकिने, भित्रभित्रै पोलिरहने, फरक किसिमको पागलपन ।
उसले यीनै कुरालाई खोजको सोपानका रूपमा लिएर स्वयंकै रूप फेरेर माथि उल्लेखित कुराहरूको वास्तविक रूप खोज्ने प्रयास गर्छ । यसै बिचमा खोजकै क्रममा राजदरबारको बिल्कुलै फरक उदाङ्गो र विभत्स रूप देख्छ जसबाट ऊ निकै विचलित पनि हुन्छ । उपन्यासकारले उसले देखेको आफ्नै फरक रूपका माध्यमबाट समग्र जनमानसमा रहेको भित्री उग्र र उम्लिएको ( देशको परिस्थितिलाई यस्तो बनाउने निर्माता प्रति) अवस्थालाई देखाएका हुनसक्छन् ।
मोहोनदास मार्फत उप्रेतीले हँतासिएको र उकासीएको अर्ध घाईते राज्यव्यवस्थामा शान्ति खोजीरहेका, जनताको शासन खोजीरहेका र परिवर्तनका लागि जस्तोसुकै हदसम्म जानसक्ने जनतालाई देखाएजस्तो मलाई लाग्छ ।
अर्को एक पात्र, ‘कालो रिक्सावाल’ जसका प्रतिबिम्बहरू हुन् : साम्यबादबाट माँतिएको तन्त्रबाट चेपीएको गरिब, निमुखा जनता जसलाई आफूमाथि दमन भएको ज्ञान छ तर ‘ममाथि दमन भयो’ भन्ने आँट छैन ।
जाँदुमय ऐना जसमा उसले आफूलाई पत्याउनै नसकिने रूपमा देख्छ र मानसिक रूपमा खल्बलिएको उसको मनस्थिति अझ खल्बलिन पुग्छ । सायद उसले उक्त ऐनामा निरङ्कुश तन्त्र विरुद्धमा उत्रिन सक्ने भविष्य देखेको हो कि ? अथवा कुनै शक्ति यसरी नै उत्रिदै छ भन्ने भविष्य देखेको हो कि ?
- सुरुदेखि अन्त्यसम्मकै एक महत्त्वपूर्ण पात्र : रङ्गनाथ
विद्यार्थी, जागरुक तथा दमनविरुद्ध र हेपाहा प्रवृत्ति विरुद्ध औँला उठाउन सक्ने एक निडर युवा, परिवर्तनको भोको र परिवर्तनका लागि सङ्घर्षरत एउटा शक्ति जसलाई विगतका कलेजका दिनमा उही पागलपनको सिकार भएको कथावाचक माथि भरोसा हुन्छ ।
- गुच्छा/कठपुतली:
गुच्छा खेलीरहेका नेता; बोलीरहेका,नाँचीरहेका कठपुतली ( दुवै नचाहेका, हुन नसक्ने तर भईरहेका) जसबाट देशलाई नै हानी हुने तर जानीजानी नै जिम्मेवारी बोधबाट टाढा भागेका नेता/कार्यकर्तालाई आख्यानकारले चित्रित गरेको हुन सक्ने मेरो बुझाइ छ ।
- घनचक्कर:
यत्रो महत्त्वपूर्ण विषय, सबैको जीवन, परिवेश र व्यवस्थाका कुना काप्चामा जालोको समूहका रूपमा रहेको घनचक्कर एउटा च्यातिएको कागजको टुक्रामा अझ त्यो पनि डस्टबीनमा कथाकारले भेटाउँछ । महत्त्वपूर्ण चिजको कदर नभएको समय, अस्तव्यस्त व्यवस्था; लथालिङ्ग भएको, छरिएको सर्वसाधारणको जीविका जसलाई सम्हाल्न राष्ट्र असफल भइरहेको बिम्ब देखाइएको छ।
- प्याजका संरचना
प्याजको ठूलो धरहरालाई र प्याजको नेतालाई उप्रेतीले एक विम्वका रूपमा प्रयोग गरेका छन् । देश र जनताको भलोका कार्यहरू गर्छु भनी सपथ खाएका नाममात्रका नेताले जनताको परिश्रम र मेहनत माथि प्रभुत्व जमाएर आफ्नो स्वार्थका काम मात्र गरे, आफ्नै पेट भरे, आफै धनी बने, आफै सुखसुविधामा बसे, समाज र राष्ट्र रूपान्तरणका नाममा आफू मात्रै रूपान्तरित भए, सकेसम्म जति हुन्छ आफै शक्तिशाली भए तर देशलाई भने अधोगतितिर डोर्याए, जुन जनताको आड लिएर शक्तिशाली भएका थिए तिनै जनतालाई मार्न थाले आफ्नो दबदबाले जसरी उपन्यासमा प्याजका ती विराट नेताले र धरहराले मान्छे कुल्चेका थिए ।
नेताको ऐतिहासिक भाषण र रूपान्तरित डरलाग्दो रूप, हानी गर्न तम्सिएको आफैले बनाएको व्यक्तिबाट आफै डराउनु पर्ने वातावरणले कथाकार लाई जे नहोस् भन्ने लागेथ्यो उप्रेतिले त्यही घटित गराई दिए ।
देश रुपान्तरणका लागि लागीपरेका जनता अनि स्वरुपान्तरणमा तल्लीन नेता अनि अलरेडी रुपान्तरित कथाकार( खोजका क्रममा वाध्यतावश धारण गर्न पुगेको रूप - धारण गर्न योग्य तर नेताको भने मनमर्जीले जानीजानी परिवर्तन गरेको अरूलाई हानी गर्ने पुनः अपरिवर्तनीय साह्रै डरलाग्दो रूप ) । कथावाचकको नक्कली रूप, पागलपन, चक्करै चक्करले जेलीएर उन्मुक्तिको प्रयासमा लाग्दा धारण गर्न पुगेको रूपको पर्दाफास मात्रै भएन आफ्नै चीनजानकै बाट पागल घोषित हुनुपर्यो ।
यहाँसम्म आइपुग्दा कथाकारले धेरै नै खोज गरिसकेको हुन्छ तर आधामात्रमै उसको यात्रामा पूर्णविराम लाग्छ । यस मार्फत उप्रेतीले परिवर्तनको, नयाँ रणनीतिको पछि लाग्ने र सत्यतथ्य पत्ता लगाउन लागि पर्ने मानिसलाई पागलको संज्ञा दिइन्छ भन्न खोजेको भान मैले गरेको छु किनकी उनले पागलको हस्पिटलमा रङ्गनाथलाई पनि पाउँछन् जो सत्यतथ्यका लागि निडर भएर लागिपरेको थियो । उप्रेतीले पागलको हस्पिटलमार्फत जेल भन्न खोजेको हुनुपर्छ र त्यहाँ राखिएका व्यक्ति कोही पागलपन बाट शिकार भएका व्यक्ति थिएनन्, तीनीहरू त परिवर्तन,खोज र उन्मुक्तिका भोका जनता थिए ।
यतिसम्मका घटना कथाकारका कल्पना नभई उसका भोगाई नै हुन् कि जस्ता लागे पनि प्याजको धरहरा, प्याजको नेता भन्ने जस्ता घटनाका कारण उसको कल्पना हो भन्न पनि सकिन्छ । लेखाईका विभिन्न तरिका, माध्यम भन्न खोजेको कुरा प्रस्तुत गर्न विभिन्न तरिका , माध्यम भन्न खोजेको कुरा प्रस्तुत गर्न विभिन्न व्यक्तिले विभिन्न तरिका प्रयोग गर्दछन् । कसैले सिधै भन्छन् , कसैले व्यङ्ग्यका माध्यमले भन्छन्, कसैले मानविकीकरणका साथ व्यक्त गर्छन्, कसैले विम्व , प्रतिविम्व, लाञ्छना, व्यञ्जना , उखान टुक्का आदिको प्रयोगले भन्न खोजेको कुरा व्यक्त गर्दछन् । कसैले कल्पनाका माध्यमबाट यथार्थलाई प्रस्तुत गर्छन् त कसैले यथार्थ रूपमै यथार्थ प्रस्तुत गर्दछन् । तर यो उपन्यास नै घनचक्कर पूर्ण कल्पना र यथार्थ बिचको फरक छुट्याउन स्वयं कथावाचक नै चुकिरहेका कारणले र कथावाचक कल्पनाशील व्यक्ति भएको र पागलपनका विभिन्न लक्षणबाट ग्रसित भएकाले प्याजका आकार शैलीका कुरा , कठपुतली र गुच्छाका कुरा स्वयं प्रत्यक्ष नदेखेको तर कल्पनाको संसारमा डुबुल्की मार्न प्रखर पात्र भएकाले उसका ती दृश्य कल्पनाकै उपज हुन् भन्न पनि सकिन्छ होला ।
यति भनी सक्दा नसक्दै यो पनि कुरा खेल्न थाल्छन् कि कथावाचकले वर्णन गरेका दृश्य तथा कथाको घटनाक्रम के ? कुन र कतिबेलाको घटना यथार्थ , कहाँ र कतिबेलाको यथार्थको दुनियाँमा सोचेको कुन कुरा काल्पनिक हुन्, त ?
हस्पीटलमा पुगेको कथावाचकका वर्णन, कथित रोचक, भयानक र आश्चर्य लाग्दा घटना काल्पनिक कि यथार्थ भन्ने दोमन अझ अगाडि पढ्दै जाँदा भन टड्कारो रूपमा खडा हुँदै जान्छ । हस्पीटलको टवमा डुबेको र मर्नका लागि औषधीको ओभरडोज लिएको क्यावाचकको जलमग्न संसारको कल्पनाको 'कल्पना' को मजा पनि ज्यादै बेग्लै थियो ।
अब आयो रोचक कुरा - उपसंहारको । जहाँ उसले आफ्नो परिचय, पेशा, साथीसङ्गी, कार्यस्थल, आफ्ना परिवार सबैको पुनर्परिचय पाउँछ तर कल्पनाको नभएर साँचो परिचय । सायद लाग्छ पागलपनबाट मुक्त भयो , उसलाई सबै सत्य कुराको ज्ञात भयो ।
ऊ अब हलुङ्गो भयो,
हावामा सैर गर्न थाल्यो ।
जब ऊ हस्पीटलबाट डिस्चार्ज भयो , उसकी पत्नीले उसलाई उसकै अनुरोधमा पहिले भोगेका, देखेका घटनाहरू घटित भएको ठाउँ देखाउँदै कारमा घर लगी । अनि उसले देख्यो, अनुभव गर्यो, जसरी उसले अस्पतालमा भ्रमका पर्दाका चिर्दा चिर्दै सत्यको उद्घाटन गर्यो, आफ्नो पुरानो, साँचो तर भ्रमको जीवनको , खोजको विभिन्न चक्करै चक्करले जेलिएको घनचक्करयुक्त जीवनबाट मुक्त भई उही दश/ एघार वर्ष पहिलेको जीवन पायो, त्यसरी नै देशले पनि नयाँ पालुवा हाल्न थालेको देख्यो, हजारौं व्यक्तिको बलिदानी र सङ्घर्षबाट प्राप्त अहिलेको देश उसको मनजस्तै फुरुङ्ग थियो ।
तर अपसोच देशले पक्कै काचुली फेर्यो होला, परिवर्तन भए होलान, सत्ता परिवर्तन भयो, शाशन परिवर्तन भयो, शाशक परिवर्तन भयो तर सोच, शैली, विधि र पद्धती सुध्रीन अझै सकिरहेको छैन ।
राजनीतिक नेतृत्व साधारण दैनिक चेकअपका लागि सजिलै विदेशी संस्थामा जान सक्ने भयो, परिवर्तन भएकै हो तर हुम्लाका वासिन्दा अझै पनि नेपालको आफ्नो चिज उपभोग गर्न पाएका छैनन्, मधेशमा अझै पनि छोरीहरूलाई दाइजोले जलाइ रहेकै छ , अझैँ कैयौं ग्रामीण वासिन्दाले चार पाङ्ग्रे गाडी देखेका छैनन्, सहरमा अव्यवस्थित घर बनीरहेकै छन् र बालकुमारी, पाटन, भक्तपुरका बाटा वर्षामा हिलाम्य र धुलाम्य नै छन् , अझैँ पनि सडकमा गाडीहरू छरपस्ट छरिएकै हुन्छन्, सडक र सवारी सँगसँगै चालक र यात्रुका कारण कैयौँ ज्यान गईरहेकै छन्, बर्दियाबाट प्लस टु पढ्न विद्यार्थीहरू राजधानी ओइरीरहेकै छन्, काठमाडौँका बसपार्क खाली जस्तै भएको बेला अन्तर्राष्ट्रिय विमानस्थलमा खाडी र कोरीया जानेको भीड अचाक्ली बढीरहेकै छ, पहिले पहिले फुटबल, कबड्डी, डन्डीबीयो, चोर पुलिस, चुङ्गी, चप्पल चड्डी(स्थानीय भाषामा) आदिमा रमाउने हाम्रो समाजमा फुटबल लगायत अरू खेल खेल्ने चौर एउटै छैन अनि हामी मोबाइल, ट्याब्लेटमा, पब्जी र फ्री फायर सँगै अन्य विद्युतीय खेलमा मस्त भईरहेका छौँ, बागमती जस्ता कुनै समय देशका शानका रूपमा रहेका हाम्रा पवित्र नदीनाला हाम्रै कारण अहिले देशको लाजका रूपमा स्थापित छन्, ढल नदी छेउबाट खसेका खस्यै छन्, छोरी चेली साँझ अबेर एक्लै निर्धक्क हिड्न सक्ने वातावरण अझैँ निर्अर्थक पुरुषत्व भएका हामी पुरुष मानसिकताले बनाउन सकेका छैनौँ, दशरथ रंगशालामा मुस्किलले खेलाडी देखिन्छन्, च्यासल फुटबल मैदान बनेको यती समय भईसक्दा खेलाडी र दर्शक विहिन छ, अझैँ पनि रजस्वला भएकी छोरी आराम मानसिकताले बस्न सक्दिनन्, अझैँ पनि दलित थरका साथीभाईलाई सहरमा कोठा पाउन गाह्रै छ भने हामीले सङ्घर्ष गरेर के परिवर्तन गर्यौ, के बदल्यौ - मात्र बाहिरी राजनैतिक खोक्रो?
सोच र मानसिकता परिवर्तनका लायक थिएनन् र ??
वागमती जस्ता कैयौँ शुद्ध नदीहरू फोहोर हुँदै छन् ।
चुरे विनाश क्रम रोकिएको छैन ।
विश्वकै सबैभन्दा बढी वायू प्रदुषण हुने सहरमा काठमाडौँको नाम आउन थालेको छ ।
मेलम्चीको पानी आउन नपाउदै मेलम्चीकै बाढीले पूर्वाधार बगाउछ ।
गल्ली गल्लीमा फोहोरका खात देखीइरहन्छन् ।
पुल उद्घाटन नभईकनै भाचीन्छन् ।
उखु किसानको परिश्रमको उचित कदर छैन ।
विचौलिया मालामाल नै छन् अर्को पट्टि किसान मारामारमा(प्रेसरमा) छन् ।
आयो नुनलाई राजधानीमा रु.२२/२५ अनि बर्दियामा रु.२५/३० तिर्नुपर्छ ।
सरकारी हस्पिटलमा पर्चा/टोकन लिनै दिनभर लाग्छ, चेकअपको त कुरै छाडौँ ।
नमुना सामुदायिक विद्यालयमा पहिले नलिने गरेको भर्ना शुल्क, व्यवस्थापन शुल्क लगी निशुल्क पढाईन्छ ।
निजी विद्यालयमा जनक शिक्षा सामग्रीकै किताबको पैसा लगिन्छ ।
अनि के के हुन् के के................भनी नसक्नु, गनी नसक्नु कुराहरू
तर
भएका राम्रा काम, हुँदै गरेका सकरात्मक पाटाहरू, युवा वर्गको उम्लिँदो र ताजा शिक्षित जोशलाई नजरअन्दाज भने गर्न सकिँदैन । त्यसैले आशावादी हुन भने छाड्नु हुँदैन, आफ्नो ठाउँबाट , व्यक्तिगत तवरले जे गर्न सकिन्छ जुन एकदमै सानो पनि किन नहोस्, त्यो गरौँ । विशेषतः फोहोर उत्पादन र व्यवस्थापनमा र सार्वजनिक सम्पत्ति (सडक, पार्क , मन्दिर, खानेपानी आदि) लाई निजी सम्पत्ति जसरी हेरविचार गरौँ सबैले ।
परिवर्तन सम्भव छ, तर सुरुवात आफैँ बाट गरौँ ।
0 Comments