Wednesday, November 25, 2020

आमा कविता

आमा


आमाको काखमा खेल्छन् छोराछोरी थरीथरी

तै पनि उनको माया सबैमा छ बराबरी


कोखबाट निकालेर यो धर्ती टेक्न लाउँछिन्

ताते ताते भनी मिठो तोते बोली सिकाउँछिन्


धर्ति मै छ सबै चिज खोजे मिल्छ घरीघरी

तर जन्म दिने आमा पाइदैँन कसैगरी

1 comment: