Parichaya poem by yug kavi

परिचय

- सिद्धिचरण श्रेष्ठ


नेपाली हुँ कठिन गिरिमा, चढ्नलाई सिपालु।
बैरी नै होस् तर छु बहुतै, दीनमाथि दयालु।।
रातो रातो रगत रिपुको, प्यून हर्दम तयार।
मेरो मेरो प्रिय खुकुरी यो, हेर भै होसियार।।

शिक्षा मेरो जगत भरको, गर्नु रक्षा सदैव।
दीक्षा यही हो परहित गरुँ, आखिरी श्वाससम्म।
ज्वाला दन्कोस् दनदन जहाँ, मृत्यु आई फुकेको।
अत्याचारी यदि छ त कहीँ, माथ नै ताक्छु त्यसको।।

ड्याङड्याङ डुङडुङ गरी प्रलयको, मेघ बाजा बजाई।
कालो निलो गगन भरीको, दैत्य आकार ल्याई।।
रोकून् बाटो रिपुहरु मिली, केही सङ्कोच मान्न।
आत्मा मेरो अमर छ बुझ्यौ, अस्त कैल्यै म हुन्न।।

गोली लागी पटपट फुटोस्, देहको अङ्गअङ्ग।
छाला टाँगी बदन सब होस्, मासुको मात्र पुञ्ज।।
तातो तातो भतभत उसै, पोलिने वालुवाको।
देशद्रोही यदि छ त कहीँ, माथ नै ताक्छु त्यसको।।

हाँसी हाँसी विपुल दु:खको, गर्तमा फाल हाली।
कालै आओस् त पनि खुसीको, हर्ष गाना सुनाई।।
मर्ने छु के डर मरणको, एक बाजी सबैले।
मर्नै पर्ने बुझी प्रकृतिको, ऐन हो देह फेर्ने।।

About Bhupendra Acharya

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

1 Comments: