नेपाल & नेपाली

नेपाल & नेपाली

- भुपेन्द्र आचार्य
भुले राष्ट्रियता, नेपालीहरूले
गरे धर्म अरुको, नेपालीहरूले।
हुँदैनौं नेपाली, रहन्न नेपाल
रहन्न तराई, पहाड, हिमाल।।

हिड्छन् चाकरीमा, सधैँ अरुको
बेच्न थाले नेताले, नेपाल हाम्रो।
स्वतन्त्र स्वाभि,मानी नेपाल हाम्रो
बनाइसकेछन्, खोक्रो न खोक्रो।।

इतिहास छ, हाम्रो धेरै पुरानो
सिक्किम अनि टिस्टा, दुबै थिए हाम्रो।
हामी धेरै मिचींयौँ, नराम्रै सित
मिच्ने उही हो, छिमेकी भारत।।

बचाऔं सिमाना, मातृभूमिको
पारौं शीर ठाडो, सगर्माथाको।
बचाऔं राज्य, जनक राजाको
खलल् नल्याऔँ, शान्तिमा बुद्धको।।

About Bhupendra Acharya

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment