मेरो आग्रह र म
- भुपेन्द्र आचार्य
अक्सिजन बन, निश्वार्थ पूर्वक।
बोट विरुवा बन, निश्चलता पूर्वक।।
बन दानी महात्मा, श्रद्धा पूर्वक।
गर भक्ति कृष्णको, भक्ति पूर्वक।।
बन गान्धी झैँ, बन बुद्ध जस्तै।
बन आइन्सटाइन, बन थोमस जस्तै।।
बन सङ्घर्षशील, हकिङ जस्तै।
बन भानु लक्ष्मी, लेख बाल जस्तै।।
म्याडम क्युरीलाई, जीवनमा अँगालु।
फ्लोरेन्स जस्तै, सेवामा म डुबूँ।।
बनूँ सत्यवादी, गरूँ नित्य धर्म।
गरूँ देशको निम्ति, कुनै राम्रो कर्म।।
सधैं सम्झना, सहिदको म गरूँ।
सधैं शीर देशको, उच्च राख्न म सकूँ।।
बनूँ देशप्रेमी, बनूँ मातृप्रेमी।
राखूँ सधैँ मनमा, जननी र भूमी।।
0 Comments