Voice of Responsible Citizen

आवाज: जिम्मेवार नागरिकको:: 🙏🏻“समृद्ध नेपालको अबको आधार : कृषि,जलस्रोत‌ र पर्यटन”🙏🏻 “केही गर्न चाहनेले देश बनाउँन नलागौं, केवल आफू बनौँ ,देश त आफै बन्नेछ”

A Couple of Crow in the Evening: साँझका दुई कौवा

साँझका दुई कौवा

सूर्य अस्ताउँदै थियो । आकाश मधुर रङ छर्दै थियो । म भनेँ हेरिरहेको थिएँ दुई चरा । उड्दै आएर, घरैछेउको बन्दै गरेको अर्को घरको छतको छेउमा आएर आरामसित बसे । सूर्य मधुरो हुँदै थियो, दृश्य मनमोहक थियो । दुई काग पश्चिमतर्प फर्किएर तटस्थ बसे, लाग्यो यिनीहरू गोधुली साँझको दृश्यले मोहित भए ।

‘का–का’, ‘का–का’ गर्दै राजधानीको उजाड बन्दै गएको भूमिमा आश्रयको खोजी गर्दै वा खानाको खोजी गर्दै उडिरहने वा छत छतमा गइ मान्छेका टाउका ठुँङ्दै उड्ने कौवाको भिँडमा आज एक जोडी कौवा शान्त छन् । नियाली रहेछन् असिमित आकाश । आकाशको बारेमा यिनीहरूलाई भन्दा बढी त कसलाई नै पो थाहा होला र ? आकाशको सिमितता सायद कसैलाई थाहा छ भने ती पक्कै यी चराहरू नै होेलान् ।

मेरो मनमा विचारहरू तालमा ढुङ्गा फाल्दा आउँने तरङ्ग जस्तै बगिरहेका थिए । के यिनीहरूले दृश्य अवलोकन गरिरहेका छन् ? कि यिनीहरू आफ्ना बच्चा पर्खिरहेका छन् ? यिनीहरू साँच्चै भन्नुपर्दा सुखका साक्षी कि दुःखका ? के यिनीहरू कहिल्यै नछुट्ने कसम खाएका जोडी हुन् या पहिलो पल्ट देखादेख भएका दुई अस्तित्व या भर्खरै प्रेमसागरमा सैर गर्दै गरेका प्रेमी ?

Post a Comment

0 Comments