Voice of Responsible Citizen

आवाज: जिम्मेवार नागरिकको:: 🙏🏻“समृद्ध नेपालको अबको आधार : कृषि,जलस्रोत‌ र पर्यटन”🙏🏻 “केही गर्न चाहनेले देश बनाउँन नलागौं, केवल आफू बनौँ ,देश त आफै बन्नेछ”

नैतिक दृष्टान्त By कवि शिरोमणि

 नैतिक दृष्टान्त




- लेखनाथ पौड्याल


वडाले जो गर्‍यो काम हुन्छ त्यो सर्व - सम्मत

छैन शङ्करको नङ्‌गा मगन्ते भेष निन्दित ।


गरदैन ठूलो व्यक्ति मर्यादा स्थिति - लङ्घन

बसेको छ महासिन्धु सिमाबद्ध बनिकन ।


दबिन्छ गुणीको दोष गुणका रासमा परी

रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ।


कसैको लोकमा छैन एकैनास समुन्नति

अरुको के कुरा हेर सन्ध्यामा सूर्यको गति ।


छोटो बढ्यो भने ज्यादा फुर्ति ढाचा बढाउँछ

उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ ।


सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति

घोचने जङ्गली काँडा पहिले नै तिखा कति ।


मिलेर काम गर्नाले हुन्छ अत्यन्त फाइदा

एकता हेर कस्तो छ मौरीको महमा सदा ।


जो दिदैंन उही दिन्छु भनि गर्जन्छ सत्वर

जो हो नवर्षने मेघ उसैको हुन्छ घर्घर ।


हुनुपर्दछ मौकामा शत्रुको पनि सेवक

कोइली कागकै बच्चा बन्छ सानु छँदातक ।


योग्य स्थानविषे मान सानाले पनि पाउँछ

कृष्णाको तटको ढुङ्गो देवता कहलाउँछ ।


उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर

फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?


सँगले पनि जाँदैन दुष्टको दुष्टता रिस

श्रीखण्डमा बसी सर्प कहाँ हुन्थ्यो र निर्विष ।


मुर्खका मनमा अर्ती गाली तुल्य बिझाउँछ

दूध पान गरी सर्प खालि विष बहाउछ ।


महासिन्धु: महासागर

सत्वर: सदासर्वदा, सधैँ

स्थानविषे: स्थानको





Post a Comment

1 Comments

  1. यथार्थ कुरा, साहै मन पर्‍यो

    ReplyDelete