अघि साँझ म ईभीनिङ वाकको लागि यू.एन पार्क हुँदै बागमती पुल, जसले ललितपुर र काठमाडौं छुट्याएको छ, हुँदै जाँदै गर्दा देखेको बागमतीको दृश्यले, सुनेको त्यो कोलाहलले शान्त हुन खोजेको मेरो मनलाई झन बिचल्लित तुल्याएको थियो र त्यस यात्राको क्रममा उठेका मेरा भावनाहरूलाई काव्यिक शैली दिन खोजेँको थिएँ तर मेरो छान्दिक उद्देश्य भने पुरा हुन सकेन र यो कुन छन्द ? कुन छन्द ? भन्ने जस्तो भएको छ । मिलाएर पढिदिनु होला र कमेन्ट पनि गर्नूस् ल😇😇🙂🙂
एक साँझ र सँगसँगै उठेका भावनाका छालहरू
छु घुम्दै आज साँझ म, बागमतीको छेउमा
चिसो हावा लिएर, स्वस्थ हुने आशमा
आउँदैन पटक्कै, पानीको त्यो कल्कल
पानीको त्यो दुर्गन्ध, आउँछ सँगै घ्यार्घ्यार ।
बाटो हिँड्ने मानिस, बसून भन्ने ध्येयले
नदीको त्यो किनार, बन्दै छ है सुमार्ग
योजना हो सौन्दर्य, नदीसँगै बगाउने
बिडम्बना भनौँ के ? बग्दै छ है गनाउने ।
नदीको त्यो छेउलाई, बनाउने हो सुन्दर
नदी छेउको स्वच्छता, गर्छौं हामी स्वागत
तर भित्र चर्पीको, छोडेर त्यो फोहोर
मात्र बाहिर पोतेर, हुन्छ के त्यो सुन्दर ?
इज्जत गरी नदीको, बुझी आफ्नो कर्तव्य
गरौँ सफा सकेको, नगरौँ है फोहोर
गाडी चढेँ भन्दै भन्दै, कारबाट फोहोर
नफालौँ है यसरी, नदी छेउमा बसेर
बुझी बुझी नबुझ्ने, हामी कस्तो बुझ्झक ?
- BhpAch
2079/10/22
0 Comments