Saturday, December 24, 2022

सपनाको कथा

हजार सपनाहरू आउँछन्

विपना हुने सपना बोकी

कल्पनातीत विपनाको लठ्ठी टेक्दै

कुनै व्यस्त सहरमा


हर्लक्कै बढ्छन् कुनै सपना

कुनै फुट्छन् तिउरीका दानाझैँ

कुनै थिचिन्छन् सपनै सपनाको भीडमा

र,

कुनै दिन

त्यही भीडबाटै फुल्छन् केही फूल

र फैलाउँछन् सुवास

त्यस्तै भीडलाई

जहाँबाट आफू फुलेका थिए ‌।

- BhpAch

- २०७९ पौष ८, साँझको ६ बजे 

For listening in Anchor 

Please do visit 👇👇

Speaking BhpAch




No comments:

Post a Comment