मैदाराे

*** Visible only in Pc 

d}bf/f]

e"k]Gb| cfrfo{

समर्पणः छुवाछुतका कारण सदियौँदेखि अधेरी गाउँमा धकेलिएका र उजेली गाउँको प्रतीक्षा गरिरहेका समस्त मानिसहरूमा

मानक नेपाली भाषाको मैझारो: कामको समाप्ती, टुङ्ग्याउनी शब्दको स्थानविशेष रूप हो, ‘मैदारो। बाग्लुङ जिल्लामा जनबोलीमा प्रचलित छ ।

मैदारो एक सामाजिक यथार्थको चित्रण हो । किताबको पछिल्लतिरको गातामा लेखिएको छः 'विभेदले कोरिएको समाजको अनुहार‑चित्र कस्तो हुन्छ?  कस्तो हुन्छ दलनको रङ ? प्रताडनामा बाँचेको जीवनले कस्तो देख्छ भविष्य ? कसरी बिब्ल्याँटोमा पर्छ दलित जीवन ? यी र यस्तै प्रश्नहरूको जवाफको खोजी हो, मैदारो ! आञ्चलिकताको फ्रेम र इतिहासदेखिको वञ्चनाको क्यान्भासमा पोतिएको यो आख्यान केवल पीडा र दमनको आलो कथा मात्र होइन, सङ्घर्ष र निरन्तर प्रतिरोधको बयान पनि हो । सस्पेन्स र चामत्कारिक शैलीमा सामाजिक यथार्थलाई बुन्न प्रयोग गरिएको काल्पनिक उडान र शिल्पका लागि यो उपन्यास सदा सम्झिइरहनेछ ।'

आख्यान चित्रकला, चित्रकार हुँदै समाज अनि सामाजिक भुमरीमा गएर लीन भएको छ । उपन्यास चित्रकला मार्फत उठान गरिएको हुँदा केही चित्रहरू,कलाहरू पनि पुस्तकको बीचबीचमा देख्न पाईन्छ । उपन्यासको गातामा एक रोचक तर उल्टो चित्र छापिएको छ । त्यसपछि लगत्तै Girl with Pearl Earringsनामक Johannes Vermeer को मनमोहक र एकदमै सुन्दर नारी तस्बीर राखीएको छ । र त्यसपछि खेल्छन्आकाश, नदीन, अमृत, स्मरण गुरुङ, यादा........ कथा अघि बढ्न पाएकै थिएन, स्मरण  (आकाशको भाई) बाट कथा सोझै अमृतको पोल्टामा पारीदिए भूपिनले । न्यारेटर भएका छन्स्मरण र अमृत मिलिजुली, नदीनको प्रतिनिधित्वमा समग्र नेपाली समाजको कटु सत्य सुनाउँन ।

आखिर कोहो त नदीन ? कहाँ छ त नदीन ? के भयो र नदीनलाई ? जस्ता प्रश्न सिर्जना गरी सिङ्गो नेपाली समाजको एक अंशको दुखाइला पाटाहरू, दर्दनाक र घायल जीवन यात्रालाई एकदमै सरल ढङ्गले प्रस्तुत गरी समाजको अर्को छुट्टै अंशलाई खबरदारी मात्र गरेका छैनन् आत्मवोध र समानुभूतीका कैयौँ धक्काहरू दिईरहेका छन् जस्तो मलाई लाग्छ ।

सामान्य रूपमा अघि बढीरहेको गन्थन मन्थन विस्तारै विस्तारै गम्भिर विषयमा गहनतापूर्वक प्रवेश गर्छ । जहाँ पाठक रोकिनैँ चाँहदैन। त्यसपछि ? भन्ने प्रश्नको खोजीमा । यथार्थ हो, देखेको सुनेको पढेकै कुरा हुन्, समाजमा अभ्यस्त भईरहेका कुरा जो तिता छन्, जो पढ्दा सुन्दा दुःख लाग्छ, पढ्न झ्याउ पनि लाग्छ तर धेरै बेर लाग्दैन ।जस्तो कि गुरुप्रसाद मैनाली र उनको कथासङ्ग्रह नासो। विस्तारै बगीरहेको कथामा पाठक रोकिनै चाहँदैनन् किनकी भूपिनले पाठकमाथि एउटा यस्तो उत्सुकतापूर्ण अस्त्र फालेका छन्  – चित्रकारिताको । चित्रकारितामा नदीनले किन उल्टो चित्रकलाको विधि अपनाए त अनि यस्तो सिर्जनशील व्यक्तिले त्यस्तो किन गरे त यीनै दुई प्रश्नको खोजी नै हाम्रो पठनको ध्येय हुन जान्छ। 'उल्टो चित्र' माथिको प्रश्न भूपिनले पाठक वर्गमाझ पहिलो अंशमा नै फालीदिए जसले पाठकलाई कारण वुझ्न उक्साइरहन्छ। {उल्टो चित्र विधिको सोचको परिकल्पना लेखकको गज्जवको लाग्यो मलाई}

भूपिनले स्मरणलाई अमृतसम्मै पुर्‍याएअँधेरी गाउँको कथा सुन्न लगाए र सुनाउन लगाए। अभूतपूर्व ढङ्गबाट जसको कथा भनिरहेको उसैलाई अर्थात नदीनलाई नै न्यारेटरका रूपमा उभ्याइदिन्छन् लेखक र देखाइदिन्छन् वास्तविक समाजको वास्तवविक रङ; पेन्टिङमा आफ्नो अस्तित्व खोजीरहेको एक प्रगतशील व्यक्ति कसरी समाजद्वारा दबाइन्छन्, दबिन बाध्य हुन्छन्, उसका सिर्जनाका कोपिलाहरू कसरी फक्रिन नपाउँदै झर्छन्, कसरी उ माथि बढ्छ, कसरी उसले उही समाजबाटै सहयोगी मुहार भेट्टाउँछ अर्थात् सहयोगी हात कसरी उ तर्फ आकर्षित हुन्छन्, कसरी उ सपनाको भविष्यतिर लम्कन्छ, कसरी उसले आर्ट ग्यालरी खोल्छ, कसरी बन्द गर्न बाध्य हुन्छ? कसरी उ सपनाको भविष्यमाथि वारम्वार टिकिरहन सक्दैन र कसरी उसले हार खान्छ?

धेरै भनीनँ,

अन्त्यमा, साहित्यकारको रचना गर्भ/जन्मकथा देख्दा/पढ्दा उनको मौलिकता, सिर्जनाशक्ति र कल्पनाशक्ति अकल्पनीय छ, अद्भूत नै छ। उनले कसरी आफूले देखेको सानो दृश्यलाई एउटा उपन्यासको रूपमा ढाले त? सायद उनले चित्रकला सम्बन्धी खोज गरेरै चित्रकला र समाज, चित्रकार र समाजलाई एकदमै रोचक, घोचक र सन्देशमूलक तवरले जोडे होलान् जस्तो मलाई लाग्छ। कि यस्तै कथा भएको एउटा कुनै चित्रकारको बारेमा अध्ययन गरी लेखे भनौँ भने यसको कुनै उल्लेख छैन फेरी रचना गर्भ  पढ्दा त त्यस्तो रचनागर्भबाट युतो चिज निस्किन्छ भनेर सोच्नै सकिन्न जस्तो लाग्छ तर निस्कँदो रहेछ जुन अलौकिक नै छ। अनि भूपिनले प्रयोग गरेको सस्पेन्स र चामत्कारिकताको शैलीझनै गज्जवको लाग्यो मलाई। सायद यो नेपाली साहित्यमा नौलो नै होला। चलिआएका शैली कि त यथार्थपरक, कि त प्रेरित भएका, कि केहीमा आधारित, कि अनुभव वा यात्रा वा संस्मरणमा आधारित होलान्। मैले कल्पनाशीलताको अधिकतम र उचित प्रयोग सञ्जीव उप्रेतीको घनचक्करमा समेत देखेको छु।

मैदारो उपन्यास पढ्दा विभिन्न चित्रकला सम्बन्धी पनि ज्ञान हुन जान्छ। सामाजिक यथार्थलाई एक छुट्टै तवरले प्रस्तुत गरेका भूपिनले जातीय भेदभाव विरूद्ध बलीयो सन्देश पनि दिएका छन्। आफूले मन लगाएर, शुद्ध मनले एकाग्रता, इमान्दारिता र लगनशीलताकासाथ गरीएको कामले अवश्य स्थान पाउनेछ; खाडलमा दबिएको किन नहोस्, सामाजिक कुरीतिको प्रहारको केन्द्रविन्दु भएको किन नहोस् मेहनतको कोपिला अवश्य पल्लवित् र पुष्पित् भई सुवास छर्ने पक्का भएको मात्र त्यसका लागि धीरता, निरन्तरता र साहसको जरुरत हुने कुरा भूपिनले भन्न खोजेजस्तो मलाई लाग्छ।

तितो सत्यलाई देखाउँदै सुखद् अन्त्य भूपिनले बडो चामत्कारिताका साथ गरेका छन् जुन एकदमै उत्कृष्ट पक्षसमेत बनेको छ।

About Bhupendra Acharya

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment