त्यसरी होस् मरण
त्यसरी होस् मरण ।
त्यसरी होस् मरण ।
त्यसरी होस् मरण ।
त्यसरी होस् मरण ।
त्यसरी होस् मरण ।
त्यसरी होस् मरण ।
जसरी सुन्छन् तारमा, गीतका चारु चरण ।
जसरी सुन्छन् तारमा, गीतका चारु चरण ।
हिमालचुली देशमा, दिनको शान्त भेषमा ।
हिमालचुली देशमा, दिनको शान्त भेषमा ।
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण ।
त्यसरी होस् मरण ...
सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन ।
सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन ।
बिहानीपख रातको, कुसुम पारिजातको ।
बिहानीपख रातको, कुसुम पारिजातको ।
जसरी जान्छ झरेर, भुईँमा बिना पवन ।
त्यसरी होस् मरण ...
मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन ।
मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन ।
बादलको सेतो रासमा, दुइटा मूर्ति पासमा ।
बादलको सेतो रासमा, दुइटा मूर्ति पासमा ।
जसरी शीर नुहाई, आफैमा हुन्छन् अर्पण |
त्यसरी होस् मरण ...
जसरी सुन्छन् तारमा, गीतका चारु चरण ।
जसरी सुन्छन् तारमा, गीतका चारु चरण ।
हिमालचुली देशमा, दिनको शान्त भेषमा ।
हिमालचुली देशमा, दिनको शान्त भेषमा ।
अमरापुरी सभामा, आफैलाई गरूँ मरण ।
त्यसरी होस् मरण ...
Song ( गीत )
0 Comments