Searching of identity: a nepali poem


















पहिचानको खोजी


बुद्धको देश हो मेरो, शान्ति भूमी नेपाल यो।
सर्वोच्च छ मेरो देश, शीर छ सगर्माथाको।।
विश्व भरि चिनीएको, नगरी पीठ मन्दिरको।
हामी हौँ वीर गोर्खाली, रक्षक पहिचानको।।

यहीँ नै फट्फटाउँछ, पखेटा काँडे भ्याकुर।
पाईला चाल्छ सुन्दर, कृष्णसार दुर्लभ।।
राज्य हो पशुपतिको, अध्यात्मले भरिएको।
नेपाली हौँ वीर पुत्र, स्वाभिमानमा अडिएको।।

पहिचान थियो अर्कै, नेपाली सन्ततिको।
पूर्व वीर हौँ नेपाली, भयौँ दास छिमेकीको।।
ढल्किन्थ्यो भादगाउँले, नाँच्थ्यो ढाका पञ्चेबाजामा।
छोडी संस्कृति नेपाली, मस्त छौँ ब्यान्डबाजामा।।

हत्यारा र बलत्कारी, व्यापारी स्वाभिमानका।
सीमा अनि छोरी बेच्ने, दलाल छन् संसदमा।।
कानुनभन्दा माथी रहे, नेपालका नेताहरु।
मनोमानी गर्न थाले, नेपाली पहिचानमा।।

खर्च हुन्छ असारमा, जेठ्मा जारी भएपनि।
शत्रु नै हुन् बाढी ,पैरो, जत्रो बजेट आएपनि।।
परन्तु रेल, जहाज, लक्ष्य हो राज नीतिको।
जुटौँ उठौँ बचाउँन, पहिचान नेपालीको।।

About Bhupendra Acharya

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

3 Comments: