-By Bhupendra Acharya
एउटा मानिस कुनै सहरको बाटोको पेटीमा
अर्थात् सहरीया घरको आगनमा बोलीरहेछ
अनायासै बर्बराइरहेछ
ऊ भनिरहेछ, ऊ गाइरहेछ
जसको न अर्थ छ न त
कुनै सार।
ऊ भन्छ,
पानी प-यो मलाई उडाउने
हुरी लाग्यो मलाई लुछुप्प भिजाउने
बाढी आएछ हिमाल पहाड खसाई
पहिरो आएछ, ठूलो भेल ल्याई
ऊ भनिरहेछ - केवल भनिरहेछ
निरन्तर निरन्तर.....
ठेक न टुप्पाका कुरा।
त्यस्तै कुरा गर्दै छ यहाँ - नेपाल
त्यस्तै काम गर्दै छन् यहाँ - नेपाली
एउटा मानिसले भनेझैँ
अधोगतिको दिशामा
अनि
हत्याहिंसा तिर गतिपूर्वक
आफ्नो वेग बढाईरहेछ
नेपाल
केवल बढाईरहेछ।
यहाँ आधारभूत आवश्यकता जोखिममा छन्
काठमाडौँ तिर विलासी जीवन फालाफाल छ रे
त्यस्तै मुग्लिन र धादिङमा अनि जुम्ला तिर
मान्छेको फालाफाल छ रे
बसको माध्यमले
सडकको भीरमा।
सरकार संवेदना प्रकट गर्नै व्यस्त छ रे
अनि जनता रुनै व्यस्त छन रे
सबै बेफुर्सदिला छन्
कसैले सोचेका छैनन्
त्यो बाटोलाई
त्यो नरसंहारकारी भीरलाई
कसरी बसमैत्री बनाउने ?
भनेर।
त्यही एउटा मानिस जस्तै
निरर्थक बरबराईरहेछ
राजनीति अनि सरकार
धनपन्थी नेताहरु राजनीतिलाई कमाई खाने भाँडो बनाईरहेछन्
जनता तिनैलाई बारम्बार देश सुम्पीरहेछन्
तीनीहरु देशको सीमा खुम्चाईरहेछन्
दक्षिण र उत्तरको जालोमा अल्झीरहेछन्
या अल्झाईएको नाटक गरीरहेछन्
डलरमा राष्ट्रियताको बेचबिखन गरिरहेछन्
देश रूआईरहेछन्
जनता मारीरहेछन्
भ्रष्टचारीले संरक्षण पाईरहेछन्
धनी नै धनी बन्दैछन्
गरिब - अझ गरिब बन्दैछन्
वाह ! नेपाल, वाह ! नेपाली राजनीति
अनि नेपाली
सधैँ यसरी नै चल्ने हो त ?
4 Comments
La dami xa dami
ReplyDeleteThank you
DeleteBhupi, you are a genius
ReplyDeleteHahaa, thank you and one more thing, if you think someone is genius then that person is not genius you are genius..mann.. your sight is genius 😊😊
Delete