प्रिय दिन!
सबैको पर्खाइको पात्र तिमी,
अवसर र खतराको मिश्रण तिमी,
कसैको विगत त कसैको भविष्य तिमी,
अब सबैको वर्तमान बनीदेऊ है,
धेरै निर्दयी पनि नबन ल !
धेरैको आशा तिमी,
केहीको भरोसा तिमी,
तमसोमा ज्योतिर्गमय बनी उदाइदेऊ ल!
सबैको शिक्षक तिमी,
थोरैको उत्साह तिमी,
हर्ताकर्ता र न्याय दिने तिमी,
सबैलाई भोलीको सही मार्गदर्शन देऊ ल!
आशा र भरोसा भरिएका आँखा,
नथाकून् कुर्दै त्यो एकदिन
अनि तिम्रै प्रतिक्षामा उत्साहित जाँगर,
नमरोस् हतोत्साहित भएर ।
प्रिय दिन!
सबैको खुसी भई खुसी दिई खुसी, हाँसो
र आनन्द लिएर जाऊ ल !
किनकी आफू एक हात मरेपछि
अरु तीन हात मर्छन्
भन्नुहुन्छ मेरी आमा!!
#शुभ_दिन😇
0 Comments