ईश्वरलाई बिन्ति
एक्लै नै छु म आज यस जगमा,
तिम्रै प्रतिक्षा गरी
सुम्पीने छु सधैँ जीवन सबै,
श्रद्धाले भक्ति गरी
एकतर्फी प्रेम नै किन नहोस्,
गर्छु असाध्यै धेर
पूरा विश्वास गर्दछु म तिमीमा,
होला भनी त्यो भेट ।
तिमी काँ छौ कहाँ ? कुन शहरमा,
कि छौ तिमी गाऊँमा
भेट्ने छु म एकदिन तिमीलाई,
सायद कुनै ठाऊँमा
मेरो शीर यो जान्दछ तिमी सधैँ,
मेरो हौ खुसी भनी
त्यसैले,
खोज्दै नै छु म आज यस जगमा,
तिमी कहाँ छौ भनी ।
- शार्दूलविक्रीडित छन्द
स्पर्ष तिम्रो, महसुस गर्छु
सुगन्ध तिम्रो, मनभित्र राख्छु
खिची रहेछौ, तिमीले मलाई
चुम्बकै सरी, म फलामलाई ।
आएँ म आएँ, तिमीले बोलाई
कता जाउँ म, भनिद्यौ मलाई
भन न भन, तिमी बाटोलाई
मैले भनेसम्मै, लगिदे मलाई ।
यद्यपि हामी, भेटेका नैं छैनौँ
र लाग्छ हामी छुटेका नैं छैनौँ
आउ न आउ, मलाई हेरिद्यौ
मलाई आफ्नो, आँखामा राखिद्यौ ।
मलाई आफ्नो, काखमा राखिद्यौ
मलाई आफ्नो, शरणै लगिद्यौ ।।
-उपजाति छन्द
©BhpAch Creation
३० ज्येष्ठ, २०८०
13 June, 2023
0 Comments