आमा

 आमा

(गरिबलाई माछा नदेउ, माछा मार्न सिकाउ।)




आमा ! तिमी जन्म दिने मलाई

आमा ! तिमी प्राण दिने मलाई 

आमा ! तिमी बोट म फूल त्यसको

हो दान तिम्रै जति जे छ मेरो ।


आमा ! छ तिम्रो महिमा अपार

सिद्धिन्न गाए पति बारबार

हर्दम बहाइकन प्रेम धारा

दिन्छ्यौ  मलाई कतिको सहारा ।


असङ्ख्य तिम्रो गुणको निमित्त

केही कुरा छैन दिने मबाट

संसार यो जति हँसाउँने छु

सपूत तिम्रो कहलाउँने छु ।


बिग्रीरहेको म बनाइदिन्छु

सारा रुनेलाई हसाइदिन्छु

ज्ञानी भई नाम कमाई उच्च

बन्ने छु तिम्रो म सुयोग्य पुत्र ।

About Bhupendra Acharya

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

1 Comments:

  1. Huh!!! 🤨🤨, Anyway thanks for your precious comment🤭🤭

    ReplyDelete