TIN GHUMTI: BY BP KOIRALA IN MY VIEWS

 


इन्द्रमायाको जीवनमा घटेका तीन मुख्य घटना जसले उनको पुरै जीन्दगीको गोरेटोको दिशा नै परिवर्तन गर्दछन्। तीनै तिनओटा घटनाको घुमाइलाई विश्वेश्वरप्रसाद कोइरालाले एकदमै सरल तर पेचिलो किसिमले प्रस्तुत गरेका छन्। तीन घुम्तीमा तीन घटना मात्र छैनन्, घटनाबाट सिर्जित कैयन् घटना ( Incidents within incidents भन्न रुचाउँछु म) समावेश छन्। बीपी कोइरालाको कृतिलाई मजस्तोले के बयान/समालोचना/आलोचना गर्ने सामर्थ्य राखूँला र.. तर १० कक्षामा बीपी कोइरालाको दोषी चश्माको विवेचना गरेजस्तै तवरले तीन घुम्ती पढीसकेपछि आज बीपी जयन्तीको अवसरमा केही लेखौँ लेखौँ जस्तो मनमा विचार उठेपछि कलम चलाउँन आँट गरेँ।
एउटी महिलाको जीवनका मुख्य तीन घटनालाई प्रतिनिधि घटना बनाएर कोइरालाले समग्र देशको सामाजिक अवस्था, राजनैतिक परिवेश र त्यतिबेलाको ( अहिले पनि लगभग उस्तै) पारिवारिक माहोललाई दर्शाएका छन्, जसको श्रीगणेश इन्द्रमायाकै दुस्साहसपूर्ण कदमबाट हुनजान्छ। कोइरालालाई जुन माध्यमले हामी चिन्छौँ, त्यसको पनि कमि हुन उनले तीन घुम्तीमा दिएका छैनन्। मनोविज्ञानसँगसँगै यौनमनोविज्ञानलाई समेत उनले राम्रो ठाउँ दिएर गज्जबले प्रस्तुत गरेका छन्। प्रेम- प्रेम प्रतिको नारीको मनोविज्ञान र पुरुषको मनोविज्ञान, भर्खर पल्लवित प्रेमले जीवनमा पार्ने असर, विवाहमा परिणत भएको प्रेमले जीवनमा पार्ने असर अझ समाज, घरपरिवार, साथीसङ्गी विपरित गरिएको प्रेम र त्यसमा पनि प्रेम प्राप्तिका निम्ति नारीले नै उठाएको दुस्साहसपूर्ण प्रथम कदम र त्यसले एक पुरुषवादी र राजनैतिक परिवर्तनको सङ्घार मै घस्स्रीरहेको समाजमा उठ्ने तरङ्ग र फलस्वरूप परिवारको विपरित समाजको विपरित पीताम्बरलाई रोजेकी इन्द्रमायाको हृदयमा हुने हलचललाई एकदमै गम्भीर ढङ्गले बीपी कोइरालाले देखाएका छन् र त्यसको तस्बिर मगजमा रच्न पाठकलाई बाध्य पार्न उनी सफल भएका छन जस्तो मलाई लाग्छ।

राजदरबारसँग जोडिएको इन्द्रमायाको परिवार र पार्टीको मानिस पीताम्बरसँग जोडिन चाहने इन्द्रमाया - २०/२२ वर्ष अघिको त्यो आफ्नो जीवन सम्झिँदा अचम्म लाग्छ तर आश्चर्य लाग्दैन उनलाई। उनलाई त आफ्नो विगतका गोरेटोहरू अरूको जस्तै साधारण नै लाग्छ। विगतका कुराहरू सम्झना गरिएको शैलीमा लेखिएको तीन घुम्तीमा इन्द्रमायाले आफ्नो विगतलाई कोट्याईरहेकी छन्- बिस्तारै..बिस्तारै.. घुम्दै छिन् तिनै आफ्ना तीन घुम्तिमा बिस्तारै.. बिस्तारै..।

एउटा घुम्ती सतही रूपबाट माथिकै प्रसङ्गमा आइनै सकेको छ। बाँकी रहेका दुई घुम्ती र कथावस्तु ( इन्द्रमाया र पीताम्बरको आगामी जीवनको उतार चढाव, त्यही बेलामा भएको राजनीतिक हलचल र त्यसको कारण पीताम्बरमाथि घटेको घटना, त्यस लगत्तै सिर्जित इन्द्रमायाको जीवन परिवेश, इन्द्रमाया र रमेशको सम्बन्ध र त्यसै बिचको इन्द्रमायाको जीवनको दोस्रो निर्णय अनि लगत्तै पीताम्बरको आगमन, त्यसपछिको जीवन र तेस्रो निर्णय यानकि तेस्रो घुम्तीमा मोडिनकालागि बाध्य इन्द्रमायाको जीवन...) का लागि👇👇👇👇👇

For whole book👇👇👇👇

About Bhupendra Acharya

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

2 Comments: