अनुसन्धानको पराकाष्ठा

अनुसन्धानको पराकाष्ठा

1) एउटा भद्र भलादमीले एउटा उपियाँलाई ' उफ्र ' भन्दा बित्तिकै उपियाँ उफ्रने किसिमले तालिम दिएको थियो, र सफल पनि भयो। उसले उपियालाई ' उफ्र ' भन्दा बित्तिकै उपियाँपनि उफ्रि हाल्थ्यो।
एकदिन उसले उपियाँको कान कहाँ हुन्छ त? भन्ने प्रश्नमा उत्तर खोज्नको लागि अनुसन्धान गर्ने सुर कस्यो। उसले सर्वप्रथम के ग-यो त भन्दा उपियाँको स्पर्शक(feeler) लाई काट्ने नीधो ग-यो। जब उसले काटेर सक्यो उपियाँलाई ' उफ्र ' भन्ने कमाण्ड दियो, तत्काल उपियाँ उफ्र्यो पनि। 'ए....' उक्त व्यक्तिले अचम्मको मुहार लगाएर भन्यो " उपियाँको स्पर्शकमा उसको कान हुँदो रहेनछ।" त्यसपछि उसले सोच्यो की मैले अब यसको साप्रो( Forelegs) काट्नु पर्ला जस्तो छ। जसो तसो गरीकन उसले साप्रो काट्यो र त्यसपछि ' उफ्र ' भन्ने कमाण्ड दियो। ' हा.. हा.. हा ' अनुसन्धानकर्ता हाँस्यो। के भयो होला? सोच्नुहोस् त। हजुर उपियाँ उफ्र्यो। अनि फेरि त्यो व्यक्तिले उपियाँको कान साप्रोमा हुँदोरहेनछ भन्ने निष्कर्ष निकाल्यो। त्यसपछि उसले काट्न सकिने जति जम्मै अंगहरू काट्यो , बाँकी रहेको अंग भनेको पछाडिको खुट्टा (Hind legs) मात्र थियो तर पनि त्यो उपियाँ अनुसनधानकर्ताको कमाण्ड मान्न असमर्थ भएन। त्यसपछि उसले पछाडिका खुट्टा पनि काट्यो र कमाण्ड दियो तर उपियाँ उफ्रिएन। एकदमै उत्साहका साथ त्यो व्यक्ति नाच्यो र भन्यो " yes yes, मैले पत्ता लगाएँ की उपियाँको कान कहाँ हुन्छ भनेर। जब मैले उसको पकाडिकोन खुट्टा काटेँ त्यो उफ्रँन  सकेन, त्यसको मतलब उसले मेरो कमाण्ड सुनेन। यसको अर्थ उपियाँको कान पछाडिको खुट्टा( hind legs) मा हुँदो रहेछ।" भन्ने निष्कर्ष उसले निकाल्यो।

2)एकजना मानिसले रक्सीमा भएको कुन पदार्थले गर्दा मानिसलाई लठ्ठाउँछ छ भन्ने कुरामा अनुसन्धान गर्न थालेछ। उसले बर्बन र पानी, रम र पानी, स्क्याच र पानी, राई र पानी, जिन र पानी  खाएर अनुसन्धान ग-यो। ती सबै चिज खाँदा उसलाई त रक्सी लाग्ने नै भयो। अनि उसले के निष्कर्ष निकाल्यो कि रक्सी लाग्ने भनेको त पानीले गर्दा पो रैछ त। "मैले यी सबै किसिमका रक्सीमा पानी नै मिसाएको थिएँ। पानी नै सबै पेय पदार्थमा कन्सट्यान्ट(constant)।" त्यसपछि उसले पानीमात्रै test ग-यो, तर नतिजा उल्टो आयो। उसलाई पानीले लठ्ठ बनाएन।अनि दाँत ङिच्च देखाउँदै उसले सोच्यो कि " खासमा त रक्सीहरू मैले सबै सिसाको गिलासमा राखेको छु, त्यसैले रक्सी लाग्ने भनेको त सिसाले पो रहेछ।" उसले रक्सी लाग्नुको कारण सिसाको गिलास नै हो भन्ने निष्कर्ष निकालेर आफ्ना त्यस्तै किसिमका अन्य एक्सपेरीमेन्ट गर्न तर्फ लागेको थियो।

3) एकजना मानिससँगपनि त्यस्तै किसिमको एउटा घटना घटेको रहेछ। त्यो घटनामा भने 'कारण र प्रभाव'(cause and effect) छुट्याउनमा समस्या भएको थियो। त्यो व्यक्तिलाई भूकम्पले ढलेको/धँसेको घरबाट उद्धार गरे लगत्तै उद्धारकर्ताले सोधेछन् " यहाँ के भयो तपाईंलाई थाहा छ?" "म निश्चित त छैन" उक्त व्यक्तिले भन्यो " मलाई सम्झना छ कि म झ्यालको पर्दा तलतिर तान्दै थिए जसको असर घरमै परेछ, पर्दासँगै घरपनि धँसियो अनि म त घरले दबेछु।"

यहाँ केही सम्पादित अनुसन्धानको पराकाष्ठाका झलकहरू राख्ने प्रयास गरेको छु। अनुभव र ज्ञान बिनै गरिने यस्ता कार्यको परिमाण यस्तै हुने गर्दछन्।
त्यसैले त भनिन्छ  'अल्पज्ञान  हानिकारक हुन्छ' ।

साभार : To Know a Fly by Vincent Dethier(एउटा सानो अंश)








About Bhupendra Acharya

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

2 Comments: