Dream a thrilling moment (full article)

सपना- एक रोमाञ्चित पल
- भुपेन्द्र आचार्य

सपनालाई परिभाषित गर्न त सकिदैन होला तर सपनालाई म शरीर र मस्तिष्क अचेतन अवस्थामा हुँदा अथवा निद्राको अवस्थामा हुँदा मानसपटलमा देखा पर्ने विभिन्न दृश्य, बिम्ब,‌ प्रतिबिम्ब, आदि भन्न चाहन्छु।



हाम्रो उमेर जति जति बढ्दै जान्छ, हामीले देख्ने ती स्वप्न दृश्यमा पनि विभिन्नता छाउँदै जान्छ। मलाई त के लाग्छ भने ठूलो उमेरमा देखीएका सपना त के सपना ? तीनमा के मजा ? हाम्रा सानो छँदाका ती असङ्ख्य स्वप्न दृश्य जसले अहिले पनि मन आह्लादित र उमङ्गित तुल्याइदिनुका साथै मनमा एक किसिमको डर पनि सिर्जना गर्न सक्षम हुन्छन्।
अहिले देख्ने सपना त हामीले हाम्रो भोगाइ दिनचर्या, काम तथा समाज सम्बन्धि हुन्छन् या त प्रेमील। हाम्राे अचेतन अवस्थामा पनि चेतन अवस्थाका कुराहरु नै सपनामा आउँछन् । हाम्रो यो दिमागमा जुनसुकै, जस्तोसुकै, जहाँसुकैको, सपना पनि आउन सक्छन् जसमा कुनै सीमाना हुँदैन। यसबाट के भन्न सकिन्छ भने प्रत्येक व्यक्ति व्यक्ति बिचका सपनाका विषय, सन्दर्भ, वातावरण विल्कुलै भिन्न हुन्छन्।


तर संयोगको कुरा के छ भने हामी बालबालिका हुँदाका प्राय हामी सबैले देख्ने बाल्यकालका स्वप्न दृश्य केही मिल्ने खालका हुन्छन जस्तो लाग्छ। सानो अवस्थामा न त कुनै तनाव न कार्यको चाप, निश्चल हृदय, स्वतन्त्र जीवन। त्यस्तो अवस्थामा देखा पर्ने कैंयन् असान्दर्भिक सपनाले मनलाई उमङ्गित गराउन पनि सक्थे अनि शरीरलाई सिरीङ्ग पनि र मुटुको ढुकढुकी शान्त गराउन पनि सक्थे अनि मुटुको ढुकढुकी बढाउन पनि।



सानो अवस्थामा आफू उडेको सपना नदेख्ने को होला र ? कति रोमाञ्चित बन्थ्यौं हामी। त्यो स्वप्नील पल वास्तविक लाग्थ्यो हामीलाई। एक्कासी धेरै माथिबाट खस्दाको डरको के सीमा ? हाम्रो त्यति मिठो संसार क्षणभरमै चकनाचुर हुन्थ्यो। हामी सायद कराउँथ्यौं होला, डरले काँपेर । पछिसम्म पनि त्यही सपनाको एउटा क्षण बारम्बार सम्झना आइरहने - त्यस बालमस्तिष्कमा । हामी कति जना पानीको सतहमा दौडेनौ होला , उफ्री उफ्री उड्दै  एक ठाउँबाट अर्को ठाउँमा पुगेनौं होला। 


हामी कति जना पानीको सतहमा दौडेनौं होला , उफ्री उफ्री उड्दै  एक ठाउँबाट अर्को ठाउँमा पुगेनौं होला। म सम्झन्छु त्यो सपना मैले पैसाको आवश्यकता देखेको होला सायद। एक कुनामा , भित्तामा , बाटोको कुनै दरारमा पैसाका नोट देख्ने , जहाँबाट रूपैयाँ आको आई  जतिपनि। जति झिक्यो त्यति आउने। मन साह्रै हर्षित हुन्थ्यो त्यो सपनाकै संसारमा। कहिले काँही बाटैभरी पैसै पैसा। म बाह्र हात उफ्रन्थें सपनामै तर कुनै एउटा क्षणले मलाई बिस्तारामै उफ्य्राइदिन्थ्यो। 




अचम्मको कुरा के छ भने हाम्रो मस्तिष्कले पनि एक रातमा तीन चार सपना देखाइदिने , कुनै सपना त सम्झनामा नै नआउने। फेरी त्यस्तै खाले सपना बारम्बार आइरहने कुनै चाहेका कुनै अनिच्छित।




जब ७,८ कक्षामा पुगियो, त्यतिबेलाको सपनाको स्तर फेरी छुट्टै हुँदोरहेछ । मलाई सम्झना आउने त्यतिबेलाका सपना प्राय तनावी र स्कुल सँग सम्बन्धित हुन्थे। कहिले झोला लिनै भुल्ने अनि त्यसैमा ढिलो पुग्ने, कहिले खाली झोला मात्र लिने त कहिले साईकल नै स्कुलमा छोडेर आधी बाटोसम्म हिड्दै साथीहरुसँग गईदिने, फेरी स्कुल फर्किने- साईकल लिन। कहिले फेरी पोशाक बिनै स्कुल गइदिने , कहिले सर्ट बिनै गइदिने जस्ता सपनाले वास्तविक जीवनको बिहानी प्रहरमा साह्रै तनाव दिनुका साथै हँसाउने पनि गर्दथे। ती सपना अहिले एक्लै आफूले सम्झदा मनमा एक किसिमको तरङ्ग सिर्जित हुन्छ र अनायासै मुहार मुस्काउन थाल्छ।

अन्त्यमा,
सपनालाई लिएर समाजमा विभिन्न किसिमका रुढी सोचहरु व्याप्त छन् जसले समाजमा मात्र होइन, डिजीटल संसारमा(युट्युव, फेसबुक आदि) पनि व्यापकता पाइरहेको छ।म के भन्न चाहन्छु भने सपना एउटा अचेतन अवस्थाको हामीले देख्ने दृश्य हो जसले सचेतन अवस्थामा हामीलाई सुखी र दुखी दुवै बनाउन सक्ने सामर्थ्य राख्दछ । यदि सपनालाई वास्ता गरेनौं भने हामीलाई केही असर गर्दैन तर रुढी सोच तिर लाग्यौ भने भोलि बिहान हामी मात्र दुखी बन्छौं। त्यसैले सपना त निरन्तरको प्रक्रिया हो आयो गयो भन्ने सोच राखी त्यसकै पछि नलागेर आफ्नो कार्यमा , जिम्मेवारीका साथ दृढ बनी सकरात्मक सोच लिएर कम चिन्ता, चिन्तन बढी गरेर निरन्तर कर्मपथमा लागी रहौँ। 

महाकवि देवकोटाको,
     के हो ? ठूलो जगतमा ? पसिना विवेक 
     उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक।
भन्ने उक्तिलाई मनन गरी ठूलो सपना देखौं वास्तविक सचेतन अवस्थामा नै , अचेतन अवस्थाको सपनाको तनाव लिनै पर्दैन।

आफ्ना पनि रमाइला केही सपना लेख्न नभुल्नुहोला नि कमेन्ट बक्समा ।।।

   सकरात्मक सोच राखौं, खुसी बनौं, सन्तोष रहौं, सपनाको फलको पछि नलागौं।।

About Bhupendra Acharya

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

3 Comments:

  1. Yes, it is... These dreams were also common for me ...

    ReplyDelete
  2. Please write yours dreams also on comments which may be same and different but are very interesting . By sharing these you also feel happy😊😊

    ReplyDelete