कक्षा ११ को नयाँ पाठ्यक्रमको नेपाली पुस्तकको पहिलो कविता

वीर पुर्खा



–वासुदेव त्रिपाठी


कुन पहाडले कुन खोलाले तिम्रो गति छेकेथ्यो र

वीर पुर्खा ! कुन आँधीले तिम्रो यात्रा रोकेथ्यो र

गरुडको झैँ वेग तिम्रो कुन आकाशले बाँध्न सक्यो 

पौरखले रच्यो नेपाल ! पहाड तराई जुट्न सक्यो ।


पूर्व टिस्टा तिमीलाई सम्झी अझै रुन्छ होला

पश्चिम राबी तिम्रो अझै रक्तधारा धुन्छ होला

कांगडा र कलङ्गाको ढुङ्गा माटो बोल्छ होला

वीर पुर्खा ! तिम्रो गीत गङ्गाभरि गुंज्छ होला।


डिगामा डोब तिम्रो चिसो हिउँभित्र होला

वेत्रावती किनारभरि पौरखको चिनो होला

वीर पुर्खा ! तिमीलाई मितेरीले मात्रै बाँध्यो

सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो ।


नाका थुनी नेपालीलाई कसले छेक्न सकेथ्यो र

हिमालको हिमनदी कसले रोक्न सकेथ्यो र

वीर पुर्खा ! तिमै रगत नेपालीका नसाभरि

उही गीत उही गौरव चन्द्रसूर्य ध्वजाभरि ।

About Bhupendra Acharya

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

1 Comments:

  1. I am really exicited to know the new syllabus of Grade 11. Thank you so much Bhupendra ji.

    ReplyDelete