- फाली काटी, सियो न करूवा।
- यसो उसो, सबै कुरो पैसो।
- जहाँ मन शुद्ध, त्यहीँ तिर्थ।
- जहाँ गाह्रो, त्यहीँ उपाय।
- टक्का नभए, पक्का हुदैन।
- भकारीमा लामु, लाएर हुदैन।
- कमाउनले खादैन, खानेले कमाउन सक्दैन।
- बिरालो गयो, मुसाको राज।
- दिने भन्दा दिलाउने ठूलो।
- जुक्ती जाने, मुक्ती पाइन्छ।
- निद्रा नलाग्दाको रात लामो।
- किरालाई भन्दा डोबलाई हतपत।
- घरसल्लाह, गाउँलेको रिस।
- काठ ताछे मसिनो, कुरा ताछे खस्रो।
- मन आफ्नो चिन्नु, मानिस पराई चिन्नु।
- पर्खिन गाह्रो, सहन साह्रो।
- कसौडी पाक्यो,भात काच्चै।
- बाटो बिराएका मान्छे पनि बाटैमा भेटिन्छन्।
- मनको ऐना, मुख।
- दुई पाथीको उब्जाउ छैन, मुरी मुरीको धाक।
- तौलेको रासन, पुराउनको शासन।
- परिबन्धले लखेटेपछि कोही आफ्नो हुँदैन।
- दौडिएको घोडालाई कोर्रा नहान्नु।
- उखेलेको मूला फेरी रोप्यो भने सर्दैन।
- काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर।
- मल, जल र हलले खेती सप्रन्छ।
- बाङ्गो काठ र चुच्चो मानिस कहिँ पनि मिल्दैन।
- थुनेको पानी र सुनेको कुरामा विश्वास नगर्नु।
- बट्टाको पीठो, अति नै मीठो।
- आधा जानकारी खतराजनक हुन्छ।
- गास छोड्नु, वास नछोड्नु।
- जुन रूखको फल खानु, त्यसै रूखको जरो खन्नु।
- घरको कुरा वन, वनको कुरा घर।
- साउनमा पाखी ओड्नु, पुषमा लठ्ठी टेक्नु।
- बिहान साझको घुमाई, विना पैसाको दबाई।
- चाहिए पाइँदैन, पाइए चाहिँदैन।
- टेकेको लठ्ठी, चढेको भर्याङ, तरेको पुल बिर्सने मान्छेको पछि अस्तित्व नै समाप्त हुन्छ।
- अह्राउन जान्ने धेरै भए गर्न जान्ने कोही भएनन्।
- बुद्धि जति हुन्छ, भाग्यपनि त्यति नै हुन्छ।
- जति महान उती नै विनम्र ।
1 Comments
Ramro ukhhan haruu
ReplyDelete