Voice of Responsible Citizen

आवाज: जिम्मेवार नागरिकको:: 🙏🏻“समृद्ध नेपालको अबको आधार : कृषि,जलस्रोत‌ र पर्यटन”🙏🏻 “केही गर्न चाहनेले देश बनाउँन नलागौं, केवल आफू बनौँ ,देश त आफै बन्नेछ”

सपना- एक रोमाञ्चित पल, भाग २

...........तर संयोगको कुरा के छ भने हामी बालबालिका हुँदाका प्राय हामी सबैले देख्ने बाल्यकालका स्वप्न दृश्य केही मिल्ने खालका हुन्छन जस्तो लाग्छ। सानो अवस्थामा न त कुनै तनाव न कार्यको चाप, निश्चल हृदय, स्वतन्त्र जीवन। त्यस्तो अवस्थामा देखा पर्ने कैंयन् असान्दर्भिक सपनाले मनलाई उमङ्गित गराउन पनि सक्थे अनि शरीरलाई सिरीङ्ग पनि र मुटुको ढुकढुकी शान्त गराउन पनि सक्थे अनि मुटुको ढुकढुकी बढाउन पनि।



सानो अवस्थामा आफू उडेको सपना नदेख्ने को होला र ? कति रोमाञ्चित बन्थ्यौं हामी । त्यो स्वप्नील पल वास्तविक लाग्थ्यो हामीलाई । एक्कासी धेरै माथिबाट खस्दाको डरको के सीमा ? हाम्रो त्यति मिठो संसार क्षणभरमै चकनाचुर हुन्थ्यो । हामी सायद कराउँथ्यौं होला, डरले काँपेर । पछिसम्म पनि त्यही सपनाको एउटा क्षण बारम्बार सम्झना आइरहने - त्यस बालमस्तिष्कमा । हामी कति जना पानीको सतहमा दौडेनौ होला , उफ्री उफ्री उड्दै  एक ठाउँबाट अर्को ठाउँमा पुगेनौं होला। ........ क्रमशः
तेस्रो भागका लागि कृपया तल क्लिक गर्नुहोला 👇👇

Post a Comment

0 Comments