मैले देखेको मेरो देश

मैले देखेको मेरो देश


यो देश मेरो, बहुतै छ राम्रो

भन्दै गाउँछु, अनि नाँच्छु राम्रो 

घुम्छु म मेरो, देशका कुना है

र लेख्छु काव्य, खुसीले गद्गद् भै ।


आचार्य, राई, अधिकारी, थारु

मिलेर बस्छौं, बनि है सहिष्णु

माघी र क्रिस्मस्, ती चाड मेरा

दसैँ तिहार, साझा है सबैका ।


जागेर आईकन है मेरो ता

धड्कन बढ्छ, रउँ हुन्छन् ठाडा

जब देशको सुन्छु राम्रा राम्रा कुरा

माया यही हो भन्नु हुन्छ बाबा ।


सधैँ रमाउँछु, यही देश भित्र

फर्केर आउँछु, गए पनि दूर

राखेर खुसी, मेरा दुई आमा

हुनेछन तृप्त, मन, मुटु, आत्मा ।


जन्मेँ यहीँ नै, र हुर्के यहीँ नै

जहाँ बाँचेनी, म हुन्छु यहीँ नै

केही दिएरै मर्छु कि म यहीँ

हाँसेको देश, उपहार यही । 

About Bhupendra Acharya

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment