छेपारो र भ्यागुतो
एक समयको कुरा हो। भ्यागुता र छेपारो बीच एक अचम्मको प्रतिस्पर्धा गर्ने तयारी भएछ। जताततै बाट प्रतियोगी खोज्ने कार्य पहिलो चरणमा गरिएछ। तर धेरै जसो भ्यागुताले खेल खेल्न अस्विकार गरेछन्। धेरै खोजी पछि एउटा भ्यागुतो तयार भएछ। खासमा प्रतियोगिता चाहिँ रुख चढ्ने रहेछ - स्वभावतः भ्यागुताहरु डराउनु कुनै नौलो कुरो भने भएन तर उक्त एउटा भ्यागुतोको साहसले चैंँ अचम्मित र उत्साही दुवै बनाउन सक्छ। खेल हुने मिति तय गरियो। देश विदेशबाट दर्शक आउने नै भए।
खेल हुने दिन.....
प्राकृतिक मैदान तयार भयो। दर्शकहरु टन्नै आइसकेका थिए। प्रतियोगिता सुरु हुन ५ मिनेट बाँकी। दर्शकमा उग्र प्रतिक्षा ,प्रतिस्पर्धी मैदानमा। प्रतिस्पर्धीमा एउटा छेपारो र एउटा भ्यागुतो। दर्शकबाट हुटिङ सुरु। सबै छेपारो कै पक्षमा। छेपारो हाई हाई छेपारो हाई हाई ..…. दर्शकको उच्च समर्थन छेपारो लाई। कति दर्शक त भ्यागुतोले हारेको हेर्न र खुच्चिङ भन्न नै आएका रहेछन्। दर्शक एक आपसमा कुरा गर्दै थिए " यो भ्यागुतोलाई के बैंस आएको होला? अहिले अन्तिममा सबैले त्यल्लाई नराम्ररी गीज्याउनु पर्छ है।"... यस्तै यस्तै कुरा चल्दै थिए । हुन पनि हो दुई तिन बित्ता उफ्रन नसक्ने ले रुख चढी चढी मीच्छिएको छेपारोसँग जोरी खोजेको थियो। दर्शकको दुरदर्शितामा प्रश्न चिन्ह उठाउने ठाउँ नै थिएन।
"टिङ टिङ टिङ.. " घण्टी बज्यो खेल सुरु भएको सङ्केत दिँदै। "छेपारो हाई हाई.." गुञ्जिदै थियो लगातार। छेपारोको मुहारमा छुट्टै किसिमको चमक तथा अभिमान टलक्कै टल्किरहेको सजिलै देख्न सकिन्थ्यो। रुखको मुटु कलेजो र आन्द्रा भुँडी छामेको छेपारोको मुहार चम्किनु स्वभाविक नै थियो अझ शतप्रतिशत दर्शकको साथ पाएपछि तेजको स्तर बढ्नु र ध्यान पुरस्कार तिरै लाग्नु पनि कुनै नौलो कुरा पनि भएन। तर भ्यागुतो पहिले जस्तो थियो त्यस्तै। बेला बेलामा मुस्स मुस्कुराउँथ्यो।
दुवै प्रतिस्पर्धी दौडमा। भ्यागुतो उफ्रीँदै, छेपारो निष्फिक्री भ्यागुतोकै गतिमा सँगसँगै। भ्यागुतो सोझै बाटोमा हिड्दै, छेपारो हुटिङ पच्छ्याउँदै दर्शकका आँखामा आँखा जुधाउँदै कुद्दै। दुवै रुखको फेदमा । छेपारो तत्काल रुखमा तर भ्यागुतो दोस्रो प्रयासमा सफल। छेपारो रुखको बिचमा पुगेर तल हेर्दा भ्यागुतो बिस्तारै उफ्रंँदै चढ्दै थियो। उता दर्शकले छेपारोलाई रुखको टुप्पोमा छिटो पुगेर भ्यागुतोलाई गिज्याएर त्यसको औकात देखाइदिन कोही ईसारा गर्दै थिए त कोही चिच्याउँदै थिए। दर्शक माझ रहेको त्यस्तो समर्थन देखि खुसी भएर छेपारो भ्यागुतोलाई गिज्याउन एकचोटी बरुक्कै उफ्रीँयो। माहोल एकाएक सुनसान- भ्यागुतोलाई देखेर। त्यति हुँदापनि भ्यागुतो बिस्तारै बिस्तारै चढ्दै थियो। उसको फेसको एक्सप्रेसनमा कुनै चेन्ज नै भएको थिएन। उता छेपारो रुख चढ्नका लागि आत्तिदै थियो किनकी अघि उफ्रीँदा छेपारो भुँईमा खस्न पुगेको थियो अनियन्त्रित भएर भनौँ या असन्तुलित भएर।
तर अब भनिरहन पर्दैन होला, हजुरहरुले थाहा पाई सक्नु भयो। छेपारोको लागि ढिलो भइसकेको थियो, भ्यागुतो गन्तव्यमा मजाले पुगीसकेको थियो । माहोल, परिवेश, प्रतिस्पर्धीको भावना, ऐतिहासिक प्रतियोगिताको मूल्याङ्कन नै नगरी जोशीलो र उम्लिदो रगतका साथ गरिएको अव्यवहारिक दर्शकको दुरदर्शितामा धक्का लाग्यो। सबै नि: शब्द थिए।
भ्यागुतोले एक ऐतिहासिक सफलता प्राप्त गर्यो। उपाधी उसको हातमा पर्यो। छेपारो र दर्शक दर्शक नै बनिरहे। भ्यागुतोले बाजी मार्यो। त्यस ऐतिहासिक खेलमा पत्रकारको (युट्युवरको पनि) कमि हुने कुरै भएन।
पत्रकारले सोधे, "भ्यागुतो जी, प्रतियोगिताका बखत छेपारो जी को पक्षमा त्यत्रो समर्थन हुँदा, तपाईंमा कुनै विचलन देखिएन अनि छेपारो जी भुँईमा बजारीँदा पनि तपाईंमा कुनै परिवर्तन नै आएन र अन्त्यमा हजुरले नै जित्नु भयो, कसरी? यसबारे केही बताइदिनूस् न।"
छेपारोले शान्त हुँदै भन्यो, " सर्वप्रथम दर्शकको हुटिङको कुरा गरौँ, मैले त्यसबखत दर्शकको हुटिङ सुन्नै सकिन किनकी मैले कानमा रुई हालेर खेल खेलेको थिएँ त्यसैले मलाई बाहिरी वातावरणको कुनै प्रभाव नै परेन। अनि कुरा गरौँ मेरा प्रतिस्पर्धी खसेको सन्दर्भमा। म कुनै काम गर्दा उक्त काममा नै पुरै ध्यान लगाउने गर्दछु। त्यतिबेला पनि मेरो ध्यान कसरी रूख चढ्ने भन्ने मै थियो। हारे पनि जिते पनि रूख त चढ्नु नै थियो मैले। नयाँ अनुभव जो बटुल्नु थियो। त्यसैले मैले छेपारो जी खसेको पत्तै पाईंन।"
भ्यागुतोको जवाफले पत्रकार, आयोजक, प्रतिस्पर्धी र दर्शक हेरेको हे-यै भए। नयाँ कुरा, सकरात्मक कुरा सिक्न चाहनेले सिके बुझे होलान् नबुझ्नेले दार्शनिक कुरा भन्दै हावामा उडाए होलान्।
निष्कर्ष तथा सन्देश:
- नविन कुरा गर्दा या थालनी गर्दा भविष्यमा हुने नतिजाको शतप्रतिशत मूल्याङ्कन अहिल्यै गर्न हुँदैन।
- कुनै पनि कुरा असम्भव र आफ्नो क्षमता भन्दा बाहिर हुँदैन।
- प्रतिस्पर्धीलाई कहिल्यै पनि कमजोर ठान्नु हुँदैन।
- आत्मविश्वास दह्रो पारी निरन्तर लागिरहेमा गन्तव्य भेट्न सकिन्छ।
- कुनै पनि काम गर्दा मैले यो गर्न सकौंला कि नसकौंला। यदि सकेन भने समाजले, साथीभाईले के भन्लान्, यल्ले के भन्ला, त्यल्ले के भन्ला भन्ने जस्ता कुरामा ध्यान नै नदिऔँ, म सक्छु भनेर बाहिरी राम्रा या नराम्रा दुवै किसिमका कुरालाई सुन्दै नसुनौँ, केवल काममा मात्र ध्यान दिउँ।
- सुखमा मात्तिने र दुखमा आत्तिने काम गर्दै नगरौँ।
- कमजोरलाई हेप्ने, होच्याउने र गीराउने जस्ता कुकार्य गर्नाले आफैलाई बेफाईदा हुन्छ।
- सधैँ आफूमा धैर्यशीलताको विकास गर्नुपर्छ।
- कर्म गर्ने तर फलको आशा नगर्ने बानी नै फाइदाजनक हुन्छ।
- कुनै पनि काममा तत्काल सफलता पाउने भन्दा पनि सफलतालाई टिकाउन तर्फ ध्यान दिनु पर्छ त्यसो गर्दा सफलता ढिलै प्राप्त किन नहोस्।
The End
2 Comments
Very informative and moralistic...keep it up😊😊
ReplyDeleteThanks for your comment , i will try to give new new ideas and creations to my followers 😊😊
Delete