Voice of Responsible Citizen

आवाज: जिम्मेवार नागरिकको:: 🙏🏻“समृद्ध नेपालको अबको आधार : कृषि,जलस्रोत‌ र पर्यटन”🙏🏻 “केही गर्न चाहनेले देश बनाउँन नलागौं, केवल आफू बनौँ ,देश त आफै बन्नेछ”

Tin Ghumti BY BP KOIRALA part 2




..... जब इन्द्रमायाले पितृगृह छोडेर डिल्लीबजारतिर हानीई तबबाट उसको जीवनको एक नयाँ अध्याय सुरु भयो। पीताम्बर पार्टीको मान्छे भएकाले इन्द्रमायाको जीवन राजनैतिक माहोल मै बित्दै थियो। पीताम्बर- आफ्नो प्रेमीसँग उसले दैनिक जीवन जीउँदै गई ऊ। पीताम्बरका साथीहरू धेरैजसो उसकै घरमा आइनै रहन्थे। इन्द्रमाया सबैलाई सत्कार भाव राखेर आदरका साथ खुआउँथी, गफ सुन्थी , आफ्ना पनि विचार राख्थी .. यस्तै यस्तै गरिकन उसका दिनचर्या बितिरहेका हुन्थे। जीवन हाँसीखुसी नै बितिरहेको थियो नव प्रेमील जोडीको। उसले एकदिन कताकता के कुराको महशुस गरी भने रमेश- पीताम्बरको सबैभन्दा मिल्ने साथी, प्रति उसको विशेष किसिमको भाव पो तरङ्गित हुँदोरहेछ, हृदयको एक सानो कुनाको  सानो भागमा पीताम्बरलाई प्रतिस्थापन गर्न रमेश कता कता सक्षम भएको जस्तो भान हुन गयो उसलाई। रमेशको पनि आफूप्रति निकै झुकाव भएजस्तो आँकलन गरी उसले।त्यो दिनको त्यो रात उसका निम्ति अत्यन्त पृथक रहन गयो तर पीताम्बरका लागि भने कुनै नचिताइएको भने अवश्य नै  थिएन। मिलिटरीका सिपाहीले छापा मारे त्यो रात, इन्द्रमायाकालागि अप्रत्यासित नै थियो। उसलाई त्यो रात भयङ्कर राक्षसले डराउन दिएजस्तो लाग्यो, ठूलाठूला चट्टानले छाती च्यापीए झैं भयो - त्यो रात नै पीताम्बर एकाएक बन्दी बनाइयो। उसको जीवन अब नितान्त एक्लो भयो, निष्पट्ट अँध्यारो भयो। केही मेलोमेसो नै पाउँदिन थी दिनको सुरुवातका लागि। निकै दुखले उसले केही हप्ता व्यतित गरी तर एकदिन उसले जीवनमा केही कान्ति छरिए झैं महसुस गरी, आगमन भएको थियो रमेशको। उसलाई पनि गीरफ्तार गरिएको रहेछ साथीहरूसँगै अनि उसलाई चैं चाँडै छोडिएको रहेछ भन्ने खबर उसले थाहा पाएर हल्का सन्तोषको सास भएपनि फेरी तर मन त गह्रौं नै थियो। रमेशको आगमनले उसको जीवन थोरै भएपनि सहज बनेको थियो तर पीताम्बरको अभाव सधैँ खड्कि नै रह्यो। रमेश प्रायः इन्द्रमायासँगै रहन्थ्यो, खर्चपर्च उसले नै हेरेको थियो। यस्तै क्रममा उनीहरूबिच निकै नै हिमचिम भइसकेको थियो। रमेश निकै नजिक हुन खोज्दथ्यो, इन्द्रमाया बुझ्दथी अनि उनीहरूबिच सोझै रूपमा भनाभन र बहस समेत हुन्थे कहिलेकाहीँ। रमेश भाउजुबाट इन्द्रमाया भाउजु हुँदै तपाईंबाट इन्द्रमाया तिमी सम्म पुगिसकेको थियो। यस्तै प्रकारले चलिरह्यो उनीहरूको जीवन।

अन्ततः इन्द्रमायाले रमेशको बारेमा घनीभूत निर्णय लिन पुगी- वाध्यता, विवशता सँगसँगै उसको अदृश्य स्वचाहना कै कारणले पनि, जसलाई बीपी कोइरालाले दोश्रो घुम्तीका रूपमा चित्रित गरेका छन्। यहीँनिर उसले समाजको त छँदै थियो पीताम्बरको विपरित निर्णय लिन पुगी जुन वास्तव मै घनीभूत बहसका विषय बन्न पुग्छन् अहिलेको समाजमै पनि तर कोइरालाले पीताम्बरको पक्षबाट त बोलेकै छन् तर इन्द्रमायाको पक्षबाट भने समाजलाई नै चुनौती दिने गरी वकालत गरेका छन् तर अनुचित भने पक्कै पनि छैनन् र इन्द्रमायाले चालेका कदमले आत्मिक स्तरबाटै गरिएकाे विशुद्ध प्रेममा कुनैपनि असर नपार्ने कुरा एकदमै बलियो पकडका साथ व्यक्त गरेका छन् जसमा पाठक असहमत हुनै सक्तैन एक कोणबाट नियाल्दा। त्यसपछिको एकरात इन्द्रमायाले रमेश प्रतिको हृदयमा दबिएको प्रेमलाई चाहँदा चाहँदै वा नचाहँदा नचाहँदै बाहिर निकाल्न पुगी र निकै मनोवार्ता र धेरै कुरा, पाटो, पक्ष सोचीसकेपछि उसले आफ्नो नितान्त आफ्नो शरीर रमेशलाई सुम्पीदिई तर उ प्रेमको मूल तत्व आत्मा कि शरीर भन्ने कुरामा दोमन नै थिई।उसले त्यो रात त्यसो गरेपनि मन, आत्मा, भावना सबै पीताम्बरप्रति नै थियो। प्रेम उसले पहिलेपनि पीताम्बरलाई नै गरेकी थिई र गरिनै रहनेछे, त्यसमा रमेशलाई बाधक तत्व बन्न उसले दिइन।  अझ पीताम्बर आफूभन्दा टाढा भएकोले होला झन उप्रतिको प्रेम बढी नै रहेको थियो। उसले आफ्नो जीवनलाई, प्रेमलाई, पतित्व र पतिलाई निकै उच्च कोटीमा राखेकी थिई , त्यसमा भएको उसको र रमेशको त्यो सम्बन्ध त फिकाकर/ क्षणिक नै थियो- यो कुरा ती दुवै उन्मादित प्राणीलाई थाहा थियो तर पनि एकअर्काप्रतिको प्रेमलाई उनीहरूले जीवन दिएरै छोडे -  मात्रागत रूपमा भन्नुपर्दा भावनात्मक रूपले कम र शारीरिक रुपमा धैरै, जसबाट इन्द्रमायापनि र रमेशपनि दुवै प्रफुल्लित थिए, इन्द्रमायाको त धेरैपछि प्राप्त भएको सुखभोगका कारणले मन नै चङ्गा भएको थियोे, तर प्रगतिशील सँगसँगै संवेदनशील इन्द्रमायाले आफूलाई पथभ्रष्टका रूपमा भने कदापी हेरेकी छैन, ऊ आफ्नो प्रेम, पतित्वको मामिलामा पहिलेभन्दा अझ निर्मल र तटस्थ छे। रमेशको सन्दर्भ त उसको क्षणिक आवश्यकताको पूर्ति मात्र थियो भन्ने उसको सोच छ।

यस्तै तवरले दिन वित्दै गएका थिए, दुवैले निकै सुखभोग गरिरहेका थिए, यो जान्दाजान्दै कि यो सुख क्षणिक हो। उसले पत्तो पाई एक दिन कि उसले अब आमा बन्ने सौभाग्य पाउँदै रहिछ। योभन्दा खुसीको कुरा एक नारी जातिलाई के नै पो हुन्छ र? धेरै दिनदेखि खोजिरहेको चिज एकाएक भेट्टिन गए जस्तो भयो उसलाई। यो खबर पीताम्बरले थाहा पाएमा कति खुसी हुन्थे होलान् भन्ने कुरा उसको मनमा खेल्यो। यो बच्चा कसको हो , पीताम्बरको नभएर रमेशको हो, पीताम्बरले के भन्ने हो, समाजले के भन्छ केही कुरा उसको मनमा आएनन्। ऊ त केवल मात्र हर्षित थिई, पीताम्बर र इन्द्रमाया दुवैले खोजेको तर पीताम्बरले दिन नसकेको कुरा उसले रमेशबाट पाएकी थिई।

रमेश र उसको सहवासको दुई नतिजा पाई उसले १) उसले त्यसबखत निकै खुसी र सुख भोग गर्न पाई २) उसले आमा बन्ने सौभाग्य पाई । तयसपछिको समयमा रमेश विस्तारै विस्तारै टाढीँदै जानु, घरमा पुनः एक्लै हुनु , पट्यारलाग्दो र असह्य पीडायुक्त बाटोमा जसरीतसरी सङ्घर्ष गरिरहुनु, त्यसमाथि प्रसव वेदनाको अवस्थामा र नयाँ सन्तानको यस धरतीमा भएको आगमनकै समयमा पीताम्बर जेलमुक्त भएर घर आइपुग्नु, इन्द्रमाया र पीताम्बर आमाबुबा बन्नु तर पीताम्बरले छोरीलाई नस्विकार्नु‌ जस्ता क्रमिक घटनाक्रमले इन्द्रमायाको जीवनको गोरेटोमा नै परिवर्तन आएको थियो औं उनीहरूको सम्बन्धमा अल्पविराम नै अल्पविराम लागिरहेको थियो।

पहिलेको त्यो विशाल प्रेम अहिले रमेशसँगको यौनसम्बन्ध र नव सन्तानकै कारण क्षणभङ्गुर हुन पुगेको थियो। उनीहरू एकै घरका तर अपरिचित प्राणीजस्तै बन्न पुगेका थिए। पीताम्बर छोरीलाई रमेश कहाँ पुर्याइदिने वा अनाथालयमा पुर्याइदिने आशयका कुरा अनि श्रीमतीको चरित्र नाश भएको, नैतिक आचरण नभएकी गतिछाडा र सामाजिक मर्यादामा बस्न नसक्ने आईमाई भनिरहन्थ्यो तर इन्द्रमाया त्यस्ता कुरालाई प्रतिवाद गरीरहन्थी र उसप्रतिको आफ्नो प्रेममा यस्ता कुराले वाधा नपुर्याउने सङ्केत दिन्थी।

यस्तै तवरले अर्ध जीवन व्यतित गर्दागर्दै आफ्नो जीवनको तेश्रो ठूलो निर्णय लिनु पर्यो इन्द्रमायाले, वाध्य हुनु पर्यो एक अर्को घुम्तीमा मोडिन। पहिलो निर्णय पितृगृह त्यागको थियो भने तेश्रो निर्णय अहिलेको पतिको गृह त्यागको थियो अन्यथा ऊ यस घरमा बस्न नै नसक्ने अवस्थामा पुगिसकेकी थिई। उसको जीवनको यस घडीमा कि पिताम्बर कि छोरी भन्ने अवस्था थियो। उसले दुवैलाई मनमा राख्दै गृहत्यागको स्वनिर्णयमा पुगी। फेरी पनि बेसहारा नै भई ऊ । आजभन्दा १७/१८ वर्ष अघिको निर्णय कारण त्यतिबेला निकै हन्डर ठक्कर खाई  उसले तर रमाको जीवनलाई उसले आफ्नो जस्तो दुख नहोस् भन्ने दुरदृष्टिका कारण स्वतन्त्र नै छोडीदिई एक प्रगतिशील आमा बनेर।।।।

पढीसकेपछि कमेन्टमा प्रतिक्रिया दिनु होला।।
सुझावको, सल्हाको अपेक्षा गर्दछु।।
त्रुटिहरू औँलाइदिनुहोला।।।
😊😊😊

Post a Comment

2 Comments

  1. Very impressive novel by BP koirala. After reading your views, I also started to read this book.. I want to read a full Interpretation of your's...please complete as soon as possible.

    ReplyDelete
    Replies
    1. Thank you very much .. very soon i will complete this

      Delete