Monday, July 6, 2020

Basanta poem by yugkavi

'Basanta' poem by Siddhicharan Shrestha

'वसन्त' कविता , रचयिता सिद्धिचरण श्रेष्ठ

वसन्त

समस्त माधुर्य लिएर साथमा
छरेर सौन्दर्य विशाल विश्वमा।
वसन्त मेरो हितमा निमग्न भो
अहो! छ कस्तो रसराग युक्त यो।

नविनता नाच्दछ पुष्प पुञ्जमा
कुहूकुहू कोकिल बोल्छ कुञ्जमा‌।
प्रमोदले हृतल पार्छ शीतल
वसन्त मेरो हितमा छ तत्पर।

नचाई चारैतिर पल्लवी द्रुम
बिछाई नानाथरीका नयाँ तृण।
वसन्त मेरो कति गर्छ स्वागत
अहो अहो सुन्दर यो सजावट।

No comments:

Post a Comment