Voice of Responsible Citizen

आवाज: जिम्मेवार नागरिकको:: 🙏🏻“समृद्ध नेपालको अबको आधार : कृषि,जलस्रोत‌ र पर्यटन”🙏🏻 “केही गर्न चाहनेले देश बनाउँन नलागौं, केवल आफू बनौँ ,देश त आफै बन्नेछ”

My country, my self esteem

My country, my self esteem

Supported by 
Moonrise Event Management Company
Kathmandu, Nepal
Contact through: 9828037862, 9846599265






मेरो देश मेरो स्वाभिमान


जब कुरा देशको आउँछ
तब फुल्छ गर्वले मेरो छाती
विविधता बिचको एकता देख्दा
ईद उल फित्रमा साथीसँगै चन्द्रमा हेर्दा
बौद्धमार्गीसँगै त्रिपिटक बारे बुझ्दा
इमानसिंह चेम्जोङ र फाल्गुनन्द बाट किराँती समुदाय बारे बुझ्दा
काठमाडौंमा घरबेटीसँगै यमरी खाँदा
बर्दियामा छिमेकीसँगै ढिक्री खाँदा
समाजमा दसैंमा सेलरोटी, फिनीरोटी, झर, चीनीरोटी, ढिक्री साटासाट गर्दा
देउसी भैलो, सखिया नाँच, मच्छिन्द्रनाथको जात्रा,
छटमा सूर्य पूजा, देउडा नाँच आदिमा सहभागी भई पर्व साटासाट गर्दा
समाजमा नै सिङ्गो देश पाउने गर्छु
सन्दिपले विकेट लिँदा होस्
या प्रधानमन्त्रीले विश्व इकोनोमिक फोरममा निर्धक्क बोल्दा होस्
मनका तारहरूमा एक किसिमको तरङ्ग उत्पन्न हुन्छ

सानालाई माया र ठूलालाई आदर गर्ने
सबैको अस्तित्वलाई स्वीकार गर्दै सबैलाई
समान व्यवहार गर्नुपर्छ भन्ने वातावरणमा हुर्किएको ममा
उसको जस्तो हेपाहा प्रवृत्ति कहिल्यै आएन
कमजोर, सानो छिमेकी माथि दमन गर्ने नीति मेरो कहिल्यै भएन
छिमेकीको आत्मस्वाभीमानमा ठेस पुर्‍याउने छुट
असल छिमेकीको नैतिकताले नै दिएन
कुनै राष्ट्रको सार्वभौमिकता र अखण्डता
अर्को राष्ट्रसँग अतुलनीय हुन्छ
भन्ने कुरा नै उसले नबुझेपछि
आकारको (भौगोलिक) ठूलोको अर्थ नै के भयो र ?
सिउनीमा अड्केको धूलो बराबर !

मेरो देश बारे कसैले एकदमै सानो मात्र किन नहोस्
धावा बोलेमा
चीयाको कित्लीमा चीया उम्लेसरी
उम्लिन्छ मेरो रगत
र वाकयुद्ध गर्न अग्रसर हुन्छ
मेरो तर्कशील मगज
इतिहास दोहोर्‍याएर शस्त्रास्त्रमा होमिदैन मेरो पौरख
किनकी मेरो मगजमा बुद्ध विराजमान छन्
तर्कविहिन र प्रमेयविहिन आवाजले
चिच्याउँनुको कुनै तुक ठान्दैन मेरो मस्तिष्क
राष्ट्रियताको भावना मेरा प्रत्येक 
धमनी धमनी र शीरा शीराको रगतमा कुदिरहेको छ
जसलाई ल्युकेमिया पनि असमर्थ हुन्छ
रोक्नको लागि

आफ्नो न्यानो वक्षस्थलमा वात्सल्य भावले राखी
नैतिकता र अनुशासनको पूर्ण पाठ सिकाएकी
मेरी आमाको साडीको एक टुक्रा च्यात्ने र लिने अधिकार कसैलाई पनि छैन
र म बाट त्यो सहन पनि कदापि हुँदैन
मेरी आमाले चालेका हरेक गर्विला पाइला नितान्त उनका हुन्
त्यसमा कसैका गिद्धे नजर फिका हुन्छन् किनकी
'उनका सन्तति उनकै हुन् '
अरुसँग बिक्दैनन्
खडा हुन्छन् आमाकै साथ हरपल र
पछि पर्दैनन् अन्तिम श्वास फेर्न
आमाको अस्मिता रक्षार्थ
आमाकै शीतल र ममतामयी काखमा
सिद्धिचरण श्रेष्ठको 'परिचय' कवितामा जस्तै

Post a Comment

7 Comments