छेपारो र भ्यागुतो
एक समयको कुरा हो। भ्यागुता र छेपारो बीच एक अचम्मको प्रतिस्पर्धा गर्ने तयारी भएछ। जताततै बाट प्रतियोगी खोज्ने कार्य पहिलो चरणमा गरिएछ। तर धेरै जसो भ्यागुताले खेल खेल्न अस्विकार गरेछन्। धेरै खोजी पछि एउटा भ्यागुतो तयार भएछ। खासमा प्रतियोगिता चाहिँ रुख चढ्ने रहेछ - स्वभावतः भ्यागुताहरु डराउनु कुनै नौलो कुरो भने भएन तर उक्त एउटा भ्यागुतोको साहसले चैंँ अचम्मित र उत्साही दुवै बनाउन सक्छ। खेल हुने मिति तय गरियो। देश विदेशबाट दर्शक आउने नै भए।
खेल हुने दिन.....
प्राकृतिक मैदान तयार भयो। दर्शकहरु टन्नै आइसकेका थिए। प्रतियोगिता सुरु हुन ५ मिनेट बाँकी। दर्शकमा उग्र प्रतिक्षा ,प्रतिस्पर्धी मैदानमा। प्रतिस्पर्धीमा एउटा छेपारो र एउटा भ्यागुतो। दर्शकबाट हुटिङ सुरु। सबै छेपारो कै पक्षमा। छेपारो हाई हाई छेपारो हाई हाई ..…. दर्शकको उच्च समर्थन छेपारो लाई। कति दर्शक त भ्यागुतोले हारेको हेर्न र खुच्चिङ भन्न नै आएका रहेछन्। दर्शक एक आपसमा कुरा गर्दै थिए " यो भ्यागुतोलाई के बैंस आएको होला? अहिले अन्तिममा सबैले त्यल्लाई नराम्ररी गीज्याउनु पर्छ है।"... यस्तै यस्तै कुरा चल्दै थिए । हुन पनि हो दुई तिन बित्ता उफ्रन नसक्ने ले रुख चढी चढी मीच्छिएको छेपारोसँग जोरी खोजेको थियो। दर्शकको दुरदर्शितामा प्रश्न चिन्ह उठाउने ठाउँ नै थिएन।
"टिङ टिङ टिङ.. " घण्टी बज्यो खेल सुरु भएको सङ्केत दिँदै। "छेपारो हाई हाई.." गुञ्जिदै थियो लगातार। छेपारोको मुहारमा छुट्टै किसिमको चमक तथा अभिमान टलक्कै टल्किरहेको सजिलै देख्न सकिन्थ्यो। रुखको मुटु कलेजो र आन्द्रा भुँडी छामेको छेपारोको मुहार चम्किनु स्वभाविक नै थियो अझ शतप्रतिशत दर्शकको साथ पाएपछि तेजको स्तर बढ्नु र ध्यान पुरस्कार तिरै लाग्नु पनि कुनै नौलो कुरा पनि भएन। तर भ्यागुतो पहिले जस्तो थियो त्यस्तै। बेला बेलामा मुस्स मुस्कुराउँथ्यो....... क्रमशः
दोश्रो तथा अन्तिम भागको लागि तलको लिंकमा क्लिक गर्नुहोला 👇👇👇👇👇
0 Comments